FLASH NEWS
  • Loading...

चिसोमा औँला सुन्निने र दुखाइले रातो हुन्छ ? यसो गर्नुहोस्

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५० पटक पढिएको
चिसोमा औँला सुन्निने र दुखाइले रातो हुन्छ ? यसो गर्नुहोस्

आजदेखि चिसो निकै बढेको छ । चिसोका कारण मानिसहरु त्रसित हुन थालेका छन् । न्यानो कपडा लगाएर घरभित्रै बस्दा पनि चिसो हटेको छैन । धेरै मानिसहरुको सबैभन्दा ठूलो समस्या चिसोले हात खुट्ट्का औंलाहरु सुनिने रातो हुने चिलाउने समस्या हुने गर्दछ ।

चिसो चिसोका कारण खुट्टाको औंलामा चिलाउने, रातो हुने र दुख्ने समस्या हुन्छ । धेरै पटक यो समस्या यति बढ्छ कि हामी जुत्ता र चप्पल लगाउन सक्दैनौं। चिकित्सकहरुका अनुसार जाडोमा धेरै पटक हाम्रो शरीरका कतिपय भागमा पर्याप्त मात्रामा रगतको आपूर्ति हुन नसक्दा सुन्निने समस्या आउन थाल्छ । आज हामी तपाईलाई समस्याबाट छुट्कारा पाउने प्रभावकारी उपायका बारमा बताउने छौं।

सुन्निएको औंलाहरू निको पार्ने सुझावहरू:

जैतुनको तेलमा बेसार मिलाउनुहोस्– यदि खुट्टाको औंलाहरूमा सुन्निने र चिलाउने भएमा जैतुनको तेलमा बेसार मिसाएर दुख्ने ठाउँमा लगाउनुहोस्। यसो गर्नाले तपाईलाई धेरै आराम मिल्छ र सुनिएको पनि हट्छ।

जाडोमा लामो समयसम्म चिसो पानीमा वा खुला ठाउँमा काम गरिसकेपछि तुरुन्तै आगोको अगाडि वा हिटरकोको अगाडि खुट्टाको औँला नसेक्नुहोस् । यसो गर्दा केही समयको लागि राहत मिल्छ तर पछि समस्या बढ्छ । यसको सट्टा, आफ्नो हातले आफ्नो औंलाहरू रगड्नुहोस् र तिनीहरूलाई कम्बल वा अन्य न्यानो कपडामा बेर्नुहोस्। यसले तपाईंलाई राहत दिनेछ।

कागतीको रस प्रयोग गर्नुहोस्– चिसोका कारण सुन्निने औंलाहरू कम गर्नका लागि कागतीको रस पनि प्रयोग गर्न सक्नुहुन्छ। यसो गर्नाले दुखाइमा धेरै आराम मिल्छ र चिलाउने पनि महसुस हुँदैन। कागतीको रस लगाएपछि त्यो ठाउँलाई सफा कपडाले सफा गर्नुहोस् र त्यसको लगत्तै मोजा वा न्यानो कपडा लगाउनुहोस्।

केही बेर हातले औंलाहरू रगड्नुहोस्–औँला र खुट्टामा सुन्निने वा दुखाइ भएमा बिहान उठेर केही बेर हत्केलाले रगड्नुहोस्। जसले गर्दा त्यहाँ रक्तसञ्चार बढ्छ। रक्तसञ्चार बढेमा औंला सुन्निने र रातो हुने समस्या कम हुन्छ । यसका साथै तोरीको तेललाई हल्का तताएर औंलाको टुप्पोमा लगाउनुहोस् र मोजा लगाउनुहोस्। यसले तपाईंलाई राहत दिनेछ।

चिसो मौसमा हात खुट्टाको औँला सुन्निनु कस्तो समस्या हो ?:

– चिसो मौससममा हात खुट्टाको औँला सुन्निनु छाला सम्बन्धी आम समस्या हो।

– यो समस्या महिलाहरुमा बढी देखिन्छ।

– मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका, चुरोट तथा सुर्तिजन्य पदार्थको बढी प्रयोग गर्नेमा यो समस्या देखिन्छ।

– चिसोमा रक्तनलीहरु साँघुरिने भएकाले औँलाहरु रातोपना आउने, पोल्न थाल्ने, चिलाउने हुन्छ।

– सही उपचार गरिएन भने यो दुई महिनामा बढ्दै जान्छ।

– औँला सुन्निने समस्या भएकाले हिटर तथा आगोमा सेकाउने गर्नु हुँदैन।

– मनतातो पानीमा नुन हालेर सेकेमा दुखाई र सुन्नाई कम गर्छ।

– प्रशस्त मात्रा झोलिलो पदार्थ खानुपर्छ।

– चिसोमा हात खुट्टाका औँलाहरु चलाइरहनु पर्छ। मसाज गरिरहनुपर्छ।

– बाथ रोग भएकाहरुलाई पनि यो समस्याले वर्षेनी सताउन सक्छ।

– लगातारको हिटरको प्रयोगले पनि छालालाई सुख्खा हुने, आँखा पोल्ने, ओठ फुट्ने समस्या हुन्छ।

– हिटरको प्रयोग गर्दा कोठामा हावाको राम्रो आवतजावत हुनुपर्दछ।

– एउटै बाक्लो कपडा लगाउनु भन्दा धेरै लेयर भएका कपडा लगाउँदा शरीरलाई बढी न्यानो हुन्छ।

– छालालाई सुख्खा हुन नदिन मोस्चराइजर, नरिवल, ओलिभ ओयल लगाउन सकिन्छ।

– औँला सुन्निने समस्या निको नभए चिकित्सकको परामर्शमा जानुपर्छ।                                        *हेल्थखवरबाट