- Loading...
विश्वकपका प्रविधियुक्त फुटबल हरेक खेलमा चार्ज गर्नु पर्ने
- पुनहिल डट कम
- २ साल अघि
- २४६ पटक पढिएको

कतारमा जारी फिफा विश्वकप फुटबल विभिन्न कुराले चर्चामा आइरहेको छ । यसपटक खेलभन्दा पनि त्यहाँ प्रयोग भएको नयाँ प्रविधि बढी चासोको विषय बनेको छ । सेमि-अटोमेटेड अफसाइड प्रविधि, बलमा प्रयोग भएको सेन्सर, अपग्रेडेड भीएआर प्रविधिले खेललाई सटिक बनाएको छ ।
यी सबै प्रविधिमध्ये अहिले चर्चामा आएको अर्को प्रविधि हो, बलमा भएको सेन्सर । यसमा प्रयोग भएको नयाँ सेन्सरले खेललाई सटिक, स्तरीय र विश्वसनीय बनाएको छ । के तपाईँलाई थाहा छ, विश्वकप फुटबलका हरेक खेलअघि उक्त बल चार्ज गरिन्छ ।
प्रयोग गरेपछि जसरी हाम्रो फोनको चार्ज सकिन्छ, त्यस्तै विश्वकपमा प्रयोग भएको फुटबलको पनि चार्ज सकिन्छ । सो फुटबलमा मोसन सेन्सर प्रयोग गरिएको हुन्छ, जसलाई पावर उपलब्ध गराउन ब्याट्री चार्ज गर्नुपर्ने हुन्छ । त्यसका लागि बल चार्जमा लगाइन्छ । बलमा प्रविधि प्रयोग गरेको यो पहिलो विश्वकप हो ।
विश्वकप फुटबलमा महत्त्वपूर्ण मानिएको अर्को कुरा हो, भीएआर प्रविधि । भीएआर भन्नाले भर्चुअल असिस्टेन्ट रेफ्री । यो प्रविधिले बलमा भएको सेन्सर, खेलाडी तथा बललाई ट्रयाक गर्ने क्यामेराबाट प्राप्त डेटा मूल्याङ्कन गर्छ । र, रेफ्रीलाई उचित निर्णय लिन सघाउँछ । भीएआर प्रविधिले गर्दा रेफ्री खेलाडीसँगै दौडिन छोडिसक्यो भन्दै हरेक म्याचमा फुटबल समर्थकले मजाक गर्दै आइरहेका हुन्छन् । भीएआर प्रविधिले फुटबलमा हुने अफसाइड बललाई सटिक तरिकाले क्षणभरमै थ्रीडी डायग्रामबाट देखाउँछ ।*टेकपाना

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
