FLASH NEWS
  • Loading...

रोमानियामा एक म्याग्दीका युवाकाे दुर्घटनामापरी मृत्यु

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३०१८ पटक पढिएको
रोमानियामा एक म्याग्दीका युवाकाे दुर्घटनामापरी मृत्यु

वैदेशिक रोजगारीकालागी रोमानिया पुगेका रघुगंगा गाउँपालिका–६ रायखोरका ३३ बर्षिय देवेन्द्र पुनको मेशिनमा च्यापिएर मृत्यु भएको छ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) रोमानियाँले दिएको जनाकारी अनुसार पुनको वुधवार तिमिलाश्वारा शहर नजिक भिजिडिया स्थित बनेट मेलोन एग्रीकल्चर कम्पनीमा मेशिनले खेतमा आलु खन्ने क्रममा मेशिनको वेल्टमा परी च्यापिएर मृत्यु भएको हो ।
मोना रोमानियाका अध्यक्ष विजय कुँवरका अनुसार पुन रोजगारीका लागी तीन महिना अघि मात्र रोमानिया पुगेका थिए । दक्ष प्राविधिक ज्ञान अभावले पुनको दुर्घटनामा परी मृत्यु भएको हो । थप जानकारी संकलन भैरहेको छ ।