FLASH NEWS
  • Loading...

जेठ ९-१५ म्याग्दी जेसिजले सप्ताह मनाउने

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • १०० पटक पढिएको
जेठ ९-१५ म्याग्दी जेसिजले सप्ताह मनाउने

म्याग्दि जेसिजले जेठ ९-१५ गते स्थापना दिवसकाे अवसरमा म्याग्दी  जेसिज सप्ताह मनाउने भएकाे छ ।

म्याग्दी जेसिजका मेडिया म्यानेजर कपिल बानियाँका अनुसार जेष्ठ १५ गते स्थापना दिवस को उपलक्ष्य पहिलो दिन ९ गते अन्तर मा.बि. स्तरिय निवन्द लेखन प्रतियोगीता,  दोश्रो दिन १० गते जेसिज गाउँ पुलाचौरमा युवा क्लव लक्षित प्राभावकारि भाषणकला तालिम, तेश्रो दिन ११ गते सचिवालय मा पुस्तकालय स्थापना साधारण सदस्य बन्ने कार्यक्रम छ ।

त्यसैगरी  चौँथो दिन १२ गते अन्तर मा.बि. स्तरिय लोक नृत्य प्रतियोगिता , पाँचौ दिन १३ गते मेरो स्कुल कार्यक्रम र स्वास्थ्य सचेतना तथा आँखा जाँच कार्यक्रम, छैठौं दिन १४ गते अन्तर जेसिज स्तरिय हाँजिरि जवाफ प्रतियोगिता र सातौं दिन स्थापना दिवस तथा पुरष्कार बितरण गरिने भएकाे छ ।