FLASH NEWS
  • Loading...

म्याग्दीमा ट्राफिक सप्ताह-२०८१ सुरू

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • १४३ पटक पढिएको
म्याग्दीमा ट्राफिक सप्ताह-२०८१ सुरू

दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको पालनालाई प्रभाबकारी बनाउन म्याग्दीमा विविध सचेतनामुलक कार्यक्रम गरी ट्राफिक सप्ताह–२०८१ सुरू गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा मंगलवारदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रमको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गरे । कार्यक्रमको बाजागाजा, झाँकी र प्लेकार्ड सहित प्रभातफेरी ¥याली गरेर सप्ताहको सुरू गरिएको थियो ।

सप्ताहलाई यात्रु, चालक, र प्रहरीबिचको सम्वन्धलाई नजिक बनाउने, सडक यात्रालाई सुरक्षित बनाउने र दुर्घटना न्यूनिकरणमा केन्द्रित गरिएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी बरिष्ठ नायब निरिक्षक राजकुमार केसीले बताए ।

प्रनानी केसीका अनुसार लामो दुरीका सवारी साधनमा दुई जना चालक राख्ने नियमको कार्यान्वयनको अनुगमन गर्ने, सवारी साधनमा सचेतनामूलक स्टिगर टाँस गर्ने, सर्वसाधारण र सरोकारवालाहरुलाई ट्राफिक सचेतना फैलाउने, पर्चा वितरण गर्ने, माइकिङ गर्ने, सवारी साधनको भाडा अनुगमन गर्ने, यात्रु आरक्षण सिटको कार्यान्वयनबारे अनुगमन गर्ने, सडक प्रयोग सम्वन्धी चालक, यात्रु र सर्वसाधारणलाई प्रशिक्षण गर्ने कार्यक्रम छ ।

त्यसैगरि उक्त अवसरमा प्रहरी संगसंगै विभिन्न संघ संस्था र विद्यालयबाट स्वंमसेवक परिचालन गरेर ट्राफिक सचेतना अभिवृद्धि गर्ने, शहरी क्षेत्रमा पार्किङ व्यवस्थापनमा सहजीकरण गर्ने, लघु सचेतना कार्यक्रम गरेर यात्रु , चालक र सर्वसाधारणलाई ट्राफिक नियमको बारेमा जानकारी गराउने, चालकको निःशूल्क स्वास्थ्य परिक्षण गर्ने, सञ्चारकर्मी र सरोकारवालासंग अन्तरक्रिया संगै रक्तदान र दिप प्रज्वलन लगायतका कार्यक्रम पनी छन ।