FLASH NEWS
  • Loading...

शिख्तानी चेलीवेटी भैलोमा २१ लाख ६६ हजारबढी संकलन

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३२१ पटक पढिएको
शिख्तानी चेलीवेटी भैलोमा २१ लाख ६६ हजारबढी संकलन

शिख्तानी चेलीवेटी पोखरा समाजले आयोजना गरेको दैसीभैली–०७९ मा २१ लाख ६६ हजार चार सय पैचालिस रुपैयाँ संकलन गरेको छ ।
अन्नपूर्ण गाउँपालिका, ५ शिखको तल्लो, उपल्लो, देउराली, मुलपानी, किन्दु, स्वाँता, फलाटे, चित्रे क्षेत्र माईती/पुख्यौली थलो भै पोखरामा बसोबास गर्दै आएका शिखतानी चेलीवेटी पोखरा समुहले दु:खी, असाहय तथा आर्थिक अभावमा उपचार गराउन समस्या भएका विरामीहरुको उपचारमा सहयोग प्रयोजनार्थ समुहले पोखरामा दैसीभैलो कार्यक्रम संञ्चालन गरेको हो ।
शिखतानी चेलीवेटी पोखरा समाजका अनुसार देउसीभैलोमा नदीपुर क्षेत्रबाट दुई लाख ५८ हजार ५ सय रुपैयाँ, फुलवारी क्षेत्रबाट तीन लाख २५हजार ६० रुपैयाँ, ढुङ्गेपाटन क्षेत्रबाट एक लाख ७२ हजार ६ सय ४५, गाजेपानी क्षेत्रबाट एक लाख ८८ हजार दुई सय ८०, अर्चलबोट क्षेत्रबाट दुई लाख ५८ हजार, बैदाम क्षेत्रबाट दुई लाख ३६ हजार नौ सय ९० रुपैयाँ र रामबजार क्षेत्रबाट सात लाख ७९ हजार ६५ रुपैयाँगरी २१ लाख ६६ हजार ४ सय ४५ रुपैयाभैलीदान संकलन भएको हो ।
जन्म ठाउँको सुखदुखमा चेलीवेटीको साथ पुर्‍याउन ०७६ सालमा पोखरामा बसोबास गर्ने शिखको तल्लो, उपल्लो, देउराली, मुलपानी, किन्दु, स्वाँता, फलाटे, चित्रे क्षेत्र माईती भएका चेलीहरुले शिख्तानी चेलीवेटी समुह पोखरा गठन गरेकका हुन । समुहका अध्यक्ष शिव पाईजाका अनुसार समुहले हालसम्म २८ जना विरामी तथा असजिलो परिस्थितीमा परेका माईतीलाई सहयोग गरेका छन । दैसीभैली पनि सोही प्रयोजनकालागी सहयोग कोष बढाउन खेलिएको हो ।

शिख्तानी चेलीबेटी को २०७९ सालको देउशी भैलो सब्य र भब्य रुपमा सफल पारी दिनु हुने सम्पुर्ण आमा , बुबा ,दाजुभाइ ,दिदिबहिनी शिख्तानी पुन समाज पोखरा कास्की तथा शुरु देखि अन्तिम सम्म सरसल्लाह र हौसला का साथ तन मन र धन ले सहयोग गरिदिनु हुने शिख्तानी दाजुभाइ हरु मा चेलीबेटी हृदय देखि नै धेरै धेरै धन्यवाद दिन्छौं । 🙏🙏तपाइहरुको सहयोग ले नै हाम्रो कार्यक्रम सफल भएको छ । आउदो दिन हरुमा पनि यसरी एक अर्का लाई सहयोग गरेर अगाडि बड्दै जानेछौ।तपाई हरुले यसरी जुटाइ दिनु भएको रकमलाई हामी खेर जानदिने छैन ।दु:खी र असाहाय बिरामी हरुको लागि नै सक्दो सहयोग गर्ने छौ। र सहयोगि हरुको सु-स्वास्थ दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै ।देउशी भैलो मा निम्न क्षेत्र को स्थान हरुमा जम्मा भएको रकम यस प्रकार यहाहरु लाई जानकारी गराउदछौ ।जय चेलिबेटी 🤝🤝🤝🤝🤝
1,पहिलो दिन (२०७९/०७/०७ )
१,नदिपुर = शिख्तानी पुन समाज पोखरा कास्कि का संस्थापक अध्यक्ष श्री पेस बहादुर पाइजा ज्यु को घरमा =रु ६२,१००/( बैसठ्ठी हजार एक सय रुपैया )
२,नदिपुर = शिख्तानी पुन समाज पोखरा कास्की का आजिबन सदस्य श्री डिल बहादुर गर्बुजा ज्यु को घरमा रु १,९६,५००/(एक लाख छ्यानब्बे हजार पाच सय रुपैया )
नदिपुर क्षेत्र मा जम्मा रु २,५८,६००/(दुई लाख अन्ठाउन्न हजार छ सय रुपैया )
३,फुलबारी =शिख्तानी पुन समाज पोखरा कास्की का आजिबन सदस्य श्री सेर बहादुर पाइजा ज्यु को घरमा रु २,०९,२१०/ (दुइ लाख नौ हजार दुई सय दस रुपैया )
४,फुलबार= ग्रिन गार्देन रेस्टुरेन्ट मा रु १,१५,८५०/(एक लाख पन्ध्र हजार आठ सय पचास रुपैया )
फुलबारी क्षेत्र मा जम्मा रु ३,२५,०६०/(तीन लाख पच्चीस हजार साठी रुपैया )
दोस्रो दिन (२०७९/०७/०९ )
१ढुङ्गेपाटन = चेतनसिल पुन समाज भवन ढुङ्गेपाटन रु १,७२,६४५/(एक लाख बहत्तर हजार पैटालिस रुपैया )
२,गाजेपानी = शिख्तानी पुन समाज पोखरा कास्की का आजिबन सदस्य श्री जग बहादुर तिलिजा ज्युको घरमा रु१,८८,२८०/(एक लाख अठासी हजार दुई सय असी रुपैया)
३,अर्चलबोट=शिख्तानी समाज युके का सदस्य श्री यम नारायण राणा( उजलि) ज्युको घरमा रु २०५८०५/( दुई लाख अन्ठाउन्न हजार पाँच रुपैया )
४,बैदाम =शिख्तानी समाज पोखरा कास्की का आजिबन सदस्य श्री थलाल बुदुजा ज्यु को घरमा रु १,४७,९९०/(एक लाख सर्चालिस हजार नौ सय नब्बे रुपैया )
५,बैदाम=समाज सेवि श्री खरु पाइजा ज्युको घरमा रु ८९,०००/(उनान्नब्बे हजार रुपैया )
बैदाम क्षेत्र मा जम्मा रु २,३६,९९०/(दुई लाख छत्तीस हजार नौ सय नब्बे रुपैया )
३,तेस्रो दिन (२०७९/०७/१०)
१,रामबजार= शिख्तानी समाज पोखरा कास्की का आजिबन सदस्य तथा रामबजार पुन समाज का अध्यक्ष श्री नर बहादुर तिलिजा ज्युको घरमा रु ७,७९,०६५/सात लाख उनासी हजार पैसट्टी रुपैया )
सबै क्षेत्र मा जम्मा रु २१,६६,४४५/(एक्काइस लाख छ्यासठी हजार चार सय पैंतालीस रुपैया )
धन्यवाद