FLASH NEWS
  • Loading...

जेसिज कपकाे २० औँ संस्करण आगामी मंसिर २१ गतेदेखि

  • पुनहिल डट कम
  • १ साल अघि
  • २५४ पटक पढिएको
जेसिज कपकाे २० औँ संस्करण आगामी मंसिर २१ गतेदेखि

म्याग्दी जेसिजको २० औँ संस्करण अन्तर मावि स्तरीय जेसिज कप फुटवल प्रतियोगिताको आगामी मंसिर २१ गतेदेखि सुरु हुने भएको छ ।

सोमवार जेसिज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा शाखा अध्यक्ष सन्दिप खत्रीले मंसिर २१ गतेदेखि २५ गते सम्म प्रतियोगिताकाे तालिका सार्वजनिक गरे ।   साे अवसरमा खत्रीले जेसिज कप फुटवल म्याग्दीको सान–नव प्रतिभा पहिचान र क्षमता प्रष्फुटन भन्ने नारा सहितको लोगो सार्वजनिक गरियाे ।

प्रतियोगिता विजेता विद्यालयलाई जेसिजकप रनिङ, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २२२ र उपविजेता विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ३२ हजार २३२ पुरस्कारको व्यवस्था गरिएको शाखा अध्यक्ष खत्रीले बताउनुभयो । त्यस्तै सेमि फाइनलमा पुग्ने दुई टीमलाई नगद रु पाँच, पाँच हजार पुरस्कार रहेकाे छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी धमानसिंह अवार्ड, सर्वाधिक गोलकर्ता लक्ष्मी पुतली अवार्ड, उत्कृष्ट गोलरक्षक इन्द्र अर्वाड, उत्कृष्ट डिफेन्डर सरस्वति अवार्ड, उत्कृष्ट स्ट्राइकर रामजी अवार्ड, उत्कृष्ट मिडफिल्डर माया अवार्ड, राईजिङ प्लेयर धन अर्वाड, उत्कृष्ट कोच कृष्णप्रसाद एककुमारी अवार्ड, र अनुशासित टीम झलक खगेश्वरी अवार्ड नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको टाईटल स्पोन्सर गौमती विकास कोष र प्रायोजकमा लालीगुराँस अफसेट प्रेस रहेको छ ।

अन्तर मावि जेसिजकप फुटवल प्रतियोगितामा हाल सम्म प्रकाश माविले ५ पटक, बेनी बोर्डिङले ५ पटक, माउण्ट एभरेष्ट आवासीय माविले ४ पटक र न्यू वेष्ट प्वाईन्ट आवासीय माविले ५ पटक जित हासिल गरेका छन ।