- Loading...
भुमेको भरमा लुलाङवासी
- पुनहिल डट कम
- २ साल अघि
- २७६ पटक पढिएको

म्याग्दी जिल्लाको सवैभन्दा ठूलो र दुर्गम धवलागिरी गाउँपालिकाको २ नम्बर वडा हो, लुलाङ । कामी जातिको बाहुल्य लुलाङमा मगर र एकाध घर थकाली जातीको बसोबास छ । लुलाङ, लम्सुङ, मरेनी, नयाँवन र खोरिया यहाँका मुख्य वस्ती हुन । लुलाङ विक र खोरिया मगरको मात्र एकल वसोवास भएका वस्ती हुन । लम्सुङ र मरेनी भने, मिश्रित वस्ती हुन ।
जिल्लाको सवैभन्दा विकट दलित बस्ती लुलाङ्ग गाउँ भिरालो पाखोमा अवस्थित छ । स्थानिय उत्पादनले तिन महिनापनी पनि खान नपुग्ने यस वस्तीका दलितले जिल्लाका विभिन्न गाउँमा पुगी मजदुरी गर्ने गर्छन् । यही मजदुरीबाट उव्रेको रकमले जीविकोपार्जन गर्दै आएका दलित वस्तीमा वैदेशिक रोजगारीले भर थेग्न थालेको छ ।
लुलाङमा कहिले कुन पुस्ता आएर बसेको हो, स्थानीयलाई पत्तो छैन । स्थानीयका अनुसार २२ से २४ राज्यकाल रहँदा तत्तकालिन ताकम राज्य रहँदा स्थानीय क्षेत्रमा उत्खनन हुने तामाको काम गर्न रुकुमबाट अहिलेको पुस्तालाई ल्याएको हुन सक्छ ।
‘पुर्खाले हामीलाई केही भनेनन । सायद पुस्ता खोज्ने चेतना पनि भएन होला’धवलागिरी गापा, २ लुलाङका वडाध्यक्ष अकप्रसाद विकले भने, ‘खानी खन्ने प्रख्यात छन्त्याल जातीको वस्ती नजिकै कामीहरुको पनि ठूलो वस्ती रहेकोले पक्कै तामाखानी र तामा पल्गाल्न आएका होलान ।’
३ सय ४२ बढी घरधुरी रहेको लुलाङमा १ सय ८ परिवार मगर। २ सय २१ घर कामी, ७ घर दमाई र ४ परिववार थकाली जातीको बसोबास छ । गाउँपालिकाको प्रोफाईल अनुसार गरिवीको नक्साङकनमा लुलाङका अधिकांश परिवारमा ३–६ महिना खान पुग्छ । बाँकी खाद्यान्न पुरुषहरुले वैदेशिक रोजगारी बाहेक जिल्लाका विभिन्न वस्ती, मुस्ताङ, पोखरा समेतका क्षेत्रमा पुगेर ज्याला मजदुरी गरी गरेको आर्जनबाट जोहो हुन्छ । लुलाङवासीका एक्ला देवता ‘लुलाङ भुमेथान’ हुन । बारम्बार हुने भोकमरी, अनिकाल र खडेरीले सताउने भएकोले हुन सक्छ, लुलाङमा भुमेथानबाहेक अन्य मन्दीर छैनन ।
०७६ सालको तथ्याङकमा उल्लेख भएअनुसार लुलाङ पुख्यौली थलो भै वसाई नसरेका तर सहरमा बस्नेमध्यबाट एक जनाले स्नाकोत्तर उत्तिण गरेका छन । स्नातक गर्ने ३ जना, प्रमाणपत्र/१२ उत्तिर्ण गर्नेको संख्या ६२ र एसईई गर्नेको संख्या ९४ मात्र छ । स्थानियले दु:खजिलो गरेर निर्माण गरेको विद्यालयमा आवश्यक फर्निचर नहुंदा विद्यार्थी गुन्द्री ओच्छाएर भुइंमा बसी पढ्न बाध्य छन् ।
साविक जिल्ला विकास समिति अन्र्तगत युएनडिपीको सहयोगमा स्थापित उर्जा विकास शाखाले ०६७/०६८ सालमा दरखोला दोस्रो लुलाङ्ग (२५ किवा) लघुजलविधुत आयोजनाबाट उज्यालो गर्दै आएका लुलाङवासीलाई दरखोलामा आउने बाढीले बारम्बार दुख दिने गरेको छ ।
०७० सालमा लम्सुङमा आएको पहिरोले लुलाङ लघुजलविधुत आयोजनाको पावरहाउससहित सवै संरचना बढाएपछि पुन: ५ किमी माथी नयाँवनमा वैकल्पिक उर्जाको ८६ लाख, धवलागिरी गापाको ६० लाख र स्थानीयले १० लाख मुल्यबराबर श्रमदान जुटाएर अर्को लघुजलविधुत आयोजना निर्मण गरिएको छ । लामो समयदेखी वन्द आयोजना पुन:निर्माणगरी गाउँलाई झिलिमिली बनाउनु सवैभन्दा ठूलो उपलब्धी मानिएको छ ।
त्यसैगरी जिल्लाको सवैभन्दा दुर्गम, कम साक्षरता भएको र दलितबाहुल्य गुचुमुच्च परेको वस्ती लुलाङमा वडा कार्यालयले पहिलो प्राथमिकता नै स्वास्थ्य र सरसफाईमा दिएको छ । वडा र पालिकाको बजेटबाट वस्ती र टोलमा पक्की नाली/ढल निर्माणगरी फोहोरपानी तथा भेल ब्यवस्थापन गरेको छ । त्यसैगरी लुलाङका तीन वटै वस्तीका सवै घरमा ब्यवस्थित जुठ्याल्नोसहित एक घर एक धारा योजना खानेपानी योजना निर्माणाधिन छ । लुलाङ गाउँको शिरानबाट झर्ने भेलले पहिरोको जोखिम बढेपछि नहर बनाएर भेलबाढी तकाई वस्ती सुरक्षित गरिएको छ ।
गुचुमुच्च परेको लुलाङमा सामुदायीक भेला, वैठक बस्ने ठाउँ नहुँदा समस्या थियो । त्यसैले सामुदायीक भवन निर्माण चरणमा छ । जीर्ण भएको वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । वडाका तीन वटा विद्यालय मध्य लम्सुङ मावि, लुलाङ आवि र खोरिया आधारभुत विद्यालय भवन पुननिर्माण गरिएका छन । प्रयाप्त पानी सहितको शौचालय निर्माण गरिएको छ । विद्यालयमा असम्बन्धीत ब्यक्ति र पशुचौपाय प्रवेशलाई रोक्न घेरावार गरिएको छ ।
लुलाङ स्वास्थ्य चौकीमा भवन समेतका पूर्वाधार निर्माण भएका छन । स्वास्थ्यचौकीमा सोलार सहित वत्ति, इन्टरनेट जोडिएको छ । वर्थिङ सेन्टर ब्यवस्थित गरिएको छ । लम्सुङ स्थित स्वास्थ्यचौकीको पुछारमा दरखोलाको कटान र पहिरोले जोखिम बढेपछि तटवन्ध गरिएको छ ।
वस्ती–वस्ती जोड्ने गोरेटो/घोडेटो बाटा मर्मत गरिएका छन । कहीं सिंढी सहित नयाँ निर्माण गरिएको छ । वस्ती भित्रका वाटामा ढुङ्गा विच्छाएर सफा बनाईएको छ । वल्लोपल्लो फाँटमा खेतीपाती गर्न, बस्ती पुग्न र वनजंगलमा आवतजावत गर्न विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माण गरिएका छन ।
सदरमुकाम बेनीदेखी दरवाङहुँदै पालिका मुकाम रहेको मुना आएको सडक विस्तारगरी लुलाङको खोरियाहुँदै ढोरपाटन जोड्ने सडकको सवैभन्दा कठिन महतलाको भीर फोडिएपछि सडक निर्माणले गति लिएको छ । मुनाबाट खोरियाहुँदै लम्सुङतल दरखोलासम्म सडक पुगेको छ । वडा कार्यलय र पालिकाको बजेटबाट महतलाको भीरबाट पारी तारेर लम्सुङहुँदै लुलाङ सडक पुर्याउन ठूलो लगानी गरिएको भएपनि सडकको ग्रेड मिलाउन नसक्दा पुरै सफल भएको छैन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
