FLASH NEWS
  • Loading...

नेकपा एसले गठवन्धनका उम्मेदवारलाइ मत नदिने

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५३ पटक पढिएको
नेकपा एसले गठवन्धनका उम्मेदवारलाइ मत नदिने

नेकपा एकिकृत समाजवादी म्याग्दीले  आसन्न स्थानीय तहको निर्वाचनमा गठवन्धनका कुनै पनी उम्मेदवारलाइ मत नदिने बताएकाे छ ।

गठवन्धनका दलले अपमान गरेकाे भन्दै नेकपा एसका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले प्रेस विज्ञप्ती प्रकाशित गरी कसैलाई जिताईदिने गोटी वन्न उपयुक्त नठानेर पाँच दलिय गठवन्धनबाट अलग भएको बताएका छन । नेकपा एसले बेनी नगरपालिका, मंगला गापा समेतका स्थानीयत तहमा दिएका मनाेनयन फिर्ता गरेकाे थियाे । 

गठवन्धनका उम्मेदवारलाइ मत नदिनेगरी गठवन्धनबाट बाहिरिएकाे बताएकाे नेकपा एसका अध्यक्ष विश्वकर्माले एमालेकाे नाम नलिइ स्थानीय निर्वाचनमा योग्यता, दक्षता र क्षमता भएका नेता छानेर मतदान आफ्ना नेता तथा कार्यकर्तालाई विवेकपूर्ण मतदान गर्न आव्हान गरेका छन ।