FLASH NEWS
  • Loading...

रघुगंगा गाउँपालिका अध्यक्षका उम्मेदवारमाथी दावीविरोध दर्ता

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३३१ पटक पढिएको
रघुगंगा गाउँपालिका अध्यक्षका उम्मेदवारमाथी दावीविरोध दर्ता

रघुगंगा गाउँपालिका अध्यक्ष उम्मेदवार भवबहादुर भण्डारी विरुद्ध एमालेका उम्मेदवार प्रेमबहादुर कार्की र स्वतन्त्र उम्मेदवार सागर भण्डारीले निर्वाचन कार्यालयमा दावि विरोध दर्ता गरेका छन ।
अध्यक्ष उम्मेदवार भण्डारीले अघिल्लो कार्याकालमा अध्यक्ष रहँदा गाउँपालिका कार्यालयलाई आवश्यक पर्ने जग्गा ब्यवस्थापन गर्न स्थानीयबाट प्राप्त जग्गा प्राप्त गरी प्लटिङ गर्न एक करोडबढी पेश्कि लिएको, उक्त जग्गा केही पालिकाको नाममा ल्याई बाँकी जग्गा आफ्नै नाममा राखेको आरोप लगाईएको छ ।
निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले दर्ता भएका दावी विरोध उपर बुधवार अध्ययनगरी विहीवार उजुरीमाथी निर्णय लिईने बताए ।
आरोपित भवबहादुर भण्डारीले दावि विरोध राजनैतिक प्रचारवाजी मात्र भएको बताएका छन । ‘पालिकाको वैठकबाट सरोकारवाला जग्गाधनीहरुसमेत राखी सामुहिक मन्जुरी नामाबाट प्लटिङ गरिएको जग्गा मेरो नाममा राखिएको हो । केही जग्गा पालिकाको नाममा नामसारी भएको छ । बाँकी जग्गा ब्यक्तिको नाममा पास दिंदै जाने हो’ अध्यक्ष उम्मेदवार भवबहादुर भण्डारीले भने, ‘पालिका केन्द्र तोकेपछि कार्यालय राख्ने जग्गा आवश्यक पथ्र्यो, त्यसकालागी ब्यक्तिहरुको जग्गा एकिकृत गरी प्लटिङगरी पालिकालाई आवश्यक जग्गा दिएर बाँकी जग्गा जग्गाधनीकै नाममा लैजाने योजना हो । सरकारको नाममा गैसकेको जग्गा ब्यक्तिको नामा ल्याउन कानुनी अल्झन आउने भएकोले सामुहिक मन्जुरीबाट मेरो नाममा राखेको हो । कुनै बदनियत छैन ।’ 
त्यसैगरी बेनी नगरपालिका, ३ का वडाध्यक्ष उम्मेदवार पदम पुन विरुद्ध पनि दावी विरोध परेको छ । पुन अघिल्लो कार्याकाल वडाध्यक्ष रहँदा उनकै संलग्नतामा जयन्ती मावि भवन निर्माण गर्दा प१८ लाखबढी वेरुजु देखिएको र हालसम्म फस्यौट नभएको भनि उजुरी परेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
‘आरोपीत र उजुरीकर्तालाई आजै छलफलकालागी बोलाएका छौं । छलफलपछि थप निर्णय हुन्छ’ मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताए ।