FLASH NEWS
  • Loading...

पत्रकार महासंघ म्याग्दीका पूर्व सभापति मेयरको दौडमा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५४ पटक पढिएको
पत्रकार महासंघ म्याग्दीका पूर्व सभापति मेयरको दौडमा

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका पूर्व सभापति सुरत केसी मेयरको दौडमा होमिएका छन् ।

बेनी नगरपालिकाकाे प्रमुखमा नेकपा एमालेबाट टिकट पाएपछि केसी चुनावी दौडमा होमिएका हुन् ।

पत्रकार महासंघ म्याग्दीका संस्थापक सचिव रहेका केसी दुइ कार्यकाल सभापति भएका थिए । गाेर्खापत्र दैनिकका पूर्व संवाददाता, म्याग्दीबाट प्रकाशित हुने रूप्से दैनिकका संस्थापक, सम्पादक, म्याग्दी-काली एफएमका समाचार प्रमुखकाे जिम्मेवारी संहालेका थिए ।

केसी म्याग्दीमा सर्वाधिक बढी ६८ पटक रक्तदान गर्ने रक्तदाता तथा विपदका सारथी भनि चिन्ने गरिन्छ ।