FLASH NEWS
  • Loading...

आमाको चुनाव चिन्ह रुख, छोरा हँसियाहथौडा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०४ पटक पढिएको
आमाको चुनाव चिन्ह रुख, छोरा हँसियाहथौडा

बेनी नगरपालिकामा आमा छोराले भिन्दा भिन्दै चुनाव चिन्हबाट उम्मेदवारी दर्ता गरेका छन ।
बेनी नगरपालिकाको उपमेयरमा काँग्रेसको रुख चुनाव चिन्हबाट उम्मेदवार बनेकी अमृतदेवी बानियाँका छोरा रोमन्त बानियाँ भने सोही पालिका, ६ नम्बर वडा सदस्यमा माओवादी केन्द्रको चुनाव चिन्हबाट सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन ।
नगरप्रमुख, उपप्रमुख समेत वडाध्यक्ष पदमा छुट्टाछुट्टै उम्मेदवारी दिएका काँग्रेस र माओवादी केन्द्रले ५ र ६ नम्बर वडामा भने एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिनेगरी गठवन्धन गरेका छन । बेनी नगरपालिका, ५ मा माओवादीका उम्मेदवार रुख चिन्हबाट र ६ मा काँग्रेसका उम्मेदवार गोलाकार हसियाहथौडा चुनाव चिन्हबाट उम्मेदवार बनेका हुन ।