FLASH NEWS
  • Loading...

मंगला गाउँपालिकामा ६ अध्यक्ष, ७ उपाध्यक्षमा उम्मेदवारी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०१ पटक पढिएको
मंगला गाउँपालिकामा ६ अध्यक्ष, ७ उपाध्यक्षमा उम्मेदवारी

मंगला गाउँपालिकामा ६ जनाले अध्यक्षमा र ७ जनाको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता भएको छ ।
बाबियाचौर स्थित निर्वाचन कार्यालयका अनुसार अध्यक्ष पदमा एमालेका सतप्रसाद रोका, काँग्रेसका विरेन्द्र बुढाथोकी, माओवादी केन्द्रका टेकबहादुर विक, राप्रपाका योगेन्द्रमान शेरचन, एकिकृत समाजवादीका रुद्र किसान र मंगोल नेसनल अर्गनाईजेसनबाट गिरु रोकाले मनोनयन दर्ता गरेका छन ।


त्यसैगरी उपाध्यक्षमा एमालेकी प्रेमकुमारी अधिकारी (पेमा), काँग्रेसकी शर्मिला थापा, माओवादी केन्द्रकी सुकमायाँ रोका, राप्रपाकी विन्दु मल्ल, मंगोल नेसनल अर्गनाईजेसनकी भुमि घर्ती र एकिकृत समाजवादीकी कल्पना सापकोटा र स्वतन्त्र टंक प्रसाद बुढाथोकीले मनोनयन दर्ता गरेका छन ।


मंगलाका निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार मंगला गापा, १ भर्जुलाकी ७८ बर्षिया यामकुमारी पुन र मंगोल अर्गनाईजेसनबाट २४ बर्षिया भुमि घर्तीले मनोनयन गरी जेष्ठ र कान्छि उम्मेदवार बनेका छन ।