FLASH NEWS
  • Loading...

एमालेले विवादित गाउँपालिकामा उम्मेदवार टुङ्गायो

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८१ पटक पढिएको
एमालेले विवादित गाउँपालिकामा उम्मेदवार टुङ्गायो

विवादको कारण उम्मेदवार टुङ्ग्याउन सकस भएको धवलागिरीको अध्यक्ष, उपाध्यक्ष र मालिका तथा मंगला गाउँपालिका उपाध्यक्षमा एमाले गण्डकी प्रदेश कमिटीले उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन वल्न नाम टुङ्गो गरेको हो ।
एमालेका अनुसार धवलागिरीमा थमसरा पुनले दोहोऱ्याउने भएकी छिन । उपाध्यक्षमा ताकमका प्रगती कार्कीले टिकट पाएका छन ।
त्यसैगरी एमालेले मालिका गाउँपालिका अध्यक्षमा बेगप्रसाद गर्वुजा र उपाध्यक्षमा खरमायाँ विटालु र मंगला गाउँपालिकामा अध्यक्ष सतप्रसाद रोका र उपाध्यक्षमा प्रेमा अधिकारीलाई उम्मेदवार बनाउने भएको हो । तर मालिका गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार बेगप्रसाद गर्वुजा असन्तुष्ट रहेको बुझिएको छ ।