FLASH NEWS
  • Loading...

एमालेबाट बेनी नगरपालिकाको मेयरमा सुरत केसी र उपमेयरमा पशुपति शाही, काँग्रेसबाट अमृतदेवी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०६ पटक पढिएको
एमालेबाट बेनी नगरपालिकाको मेयरमा सुरत केसी र उपमेयरमा पशुपति शाही, काँग्रेसबाट अमृतदेवी

मनोनयन दर्ता गर्ने दोस्रो दिनको मध्यान्नमा एमालेले बेनी नगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी टुङ्गो लगाएको छ ।
एमाले गण्डकी प्रदेश कमिटीले बेनी नगरपालिकाको मेयरमा सुरत केसी र उपमेयरमा पशुपति शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । काँग्रेसले भने अमृतदेवी बानियाँलाइ उपमेयरमा उठाउने भएकाे छ । 

उम्मेदवारी टुङ्ग्याउन ढिलाई भएकोले एमालेका उम्मेदवारहरुलाई आन्तरिक तथा बाह्य आर्थिक, नेता कार्यकर्ता परिचालन एवं ब्यवस्थापनमा केही समय लाग्न सक्ने आंकलन गरिएको छ ।
विद्यार्थी राजनितीबाट पत्रकारिताहुँदै यातायात ब्यवसाय तथा सामाजिक काममा परिचित सुरत केसी नाताले भान्जा काँग्रेसका चिरिन्जिवी शर्मासँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन ।