FLASH NEWS
  • Loading...

म्याग्दीका तीन पालिकामा काँग्रेसले प्यानल नै मनोनयन दर्ता गर्याे

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८१ पटक पढिएको
म्याग्दीका तीन पालिकामा काँग्रेसले प्यानल नै मनोनयन दर्ता गर्याे

स्थानीय तह निर्वाचनकालागी मनोनयन दर्ता गर्ने पहिलो दिन नेपाली काँग्रेसले अन्नपूर्ण, रघुगंगा र मालिका गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष समेत अन्य पदमा मनोनयन दर्ता गरेको छ ।
अन्नपूर्ण गापामा अध्यक्षमा बलबहादुर तिलिजा र उपाध्यक्षमा ललिता तिलिजाले मनोनयन दर्ता गरेका छन । वडाध्यक्षहरूमा वडा न १ मा भविन्द्र गर्बुजा, २ मा खेरीराम पुर्जा, ३ मा सुरत केसी, ४ मा लोकबहादुर फगामी, ५ मा राजेश तिलिजा पुन, ६ मा रामबहादुर खड्का ७ मा गमबहादुर फगामी पनु र ८ मा रविन गर्बुजा

त्यस्तै रघुगंगा गापामा अध्यक्षमा भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन तथा वडाध्यक्षमा १ मा बिल बहादुर फगामी, ४ मा पविन गर्बुजा, ५ मा मनबहादुर शेरपुजा, ६ मा मनकुमार शेरपुजा ७ मा बेग बहादुर पुन, ८ मा गमान छन्त्यालले उम्मेदवारी दर्ता गरेका छन ।

मालिका गापामा श्रीप्रसाद रोका र पिपला बुढाले उम्मेदवारी दर्ता गराएका छन । मालिका गापाकाे वडा न १ मा टंकप्रसाद पुन, २ मा ताराबहादुर रोका मगर, ३ मा श्याम बहादुर बुढाथोकी मगर, ४ मा भेजेन्द्रमान पुन, ५ मा मिम पुन, ६ मा खिमबहादुर पुन मगर, ७ मा लपकुमार पुन रहेका छन् ।

निर्वाचन अधिकृतहरुका अनुसार मनोनयन दर्ता गर्ने र विवरण रुजु गेर्न काम जारी रहेकोले अन्तिम नामावली तयार भैरहेको छैन ।
अन्नपूर्ण गाउँपालिका केन्द्र पोखरेबगर क्षेत्रमा दिउँसो ठूलो पानी परेकोले मनोनयन गर्ने प्रकृया केही वेर अवरुद्ध भएको थियो । अहिले काँग्रेस र मंगोल नेशनल अर्गनाईजेसनका उम्मेदवार मनोनयन दर्ताकालागी लाईनमा रहेको निर्वाचन अधिकृत जानुका सुवेदीले बताईन ।

त्यसैगरी रघुगंगा गाउँपालिकामा मंगाेल नेसनल अर्गनाइजेसनबाट अध्यक्षमा तुलप्रसाद गवुर्जाले उम्मेदवारी दर्ता गरेका छन । अर्गनाइजेसनले अन्नपूर्णमा गेमप्रसाद गर्वजा अध्यक्ष र एलिना शेरपुन्जाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेकी छिन । त्यसैगरी मालिका गापामा खमबहादुर राेकाले गापा प्रमुख पदमा उम्मेदवारी दिएका छन । * फाेटाे साैजन्य ः सुरेन गुरूङ