FLASH NEWS
  • Loading...

मालिकामा माओवादी केन्द्रको छुट्टै प्यानल घोषणा

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९९ पटक पढिएको
मालिकामा माओवादी केन्द्रको छुट्टै प्यानल घोषणा

सत्ता गठवन्धनकाे प्रमुख घटक माअाेवादी केन्द्रले मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसमेत सवै सातै वडा अध्यक्षमा प्यानल नै उम्मेदवारी घाेषणा गरेकाे छ । 

माअाेवादी केन्द्रले गाउँपालिका अध्यक्षमा जिल्ला संयाेजक रेशम जुग्जाली (सुविन) र उपाध्यक्षमा गौरी सेञ्चुरीलाई उम्मेदवार बनाएकाे छ । त्यस्तै वडाध्यक्षमा वडा नं १ निस्कोटमा तिलक पुन, २ रुममा हर्कलाल दर्जी, ३ डाडागाउँमा मोतिप्रसाद बुढा, ४ ओखरबोटमा रेशम पुन, ५ देविस्थानमा विनोद फगामी, ६ दरवाङमा ओमकार रोका र ७ बिमको अध्यक्षमा रविन जुग्जाली माकेले उम्मेदवार घाेषणा गरेकाे छ ।

सत्तागठवन्धनकाे अर्काे घटक काँग्रेससँग गठवन्धनमा तालमेल नमिलेपछि काँग्रेस र माअाेवादी केन्द्र अा-अाफ्नै प्यानल घाेषणा गरेका हुन । सत्ता गठवन्धनकाे अर्काे घटक नेकपा एसलाइ काँग्रेस र माके दुवैले वेवास्ता गरी दिएका छन । काँग्रेसले यस अघी नै श्रीप्रसाद राेकाकाे प्यानल नै उम्मेदवार घाेषणा गरेकाे छ ।