FLASH NEWS
  • Loading...

प्रेस चौतारी म्याग्दीको अध्यक्षमा प्रताप बानीयाँ निर्वाचित

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३५ पटक पढिएको
प्रेस चौतारी म्याग्दीको अध्यक्षमा प्रताप बानीयाँ निर्वाचित

प्रेस चौतारी नेपाल म्याग्दीको अध्यक्षमा प्रताप बानीयाँ सर्वसम्मत चयन भएका छन ।

बुधबार बेनीमा सम्पन्न चौतारीको पाँचौ जिल्ला अधिवेशनबाट जिल्ला समितिकाे उपाध्यक्षमा समिर रोका, महिला उपाध्यक्षमा देवि जिसी, सचिवमा अमित बिश्वकर्मा, उपसचिवमा बामदेव रिजाल, मनु थापा, र कोषाध्यक्षमा प्रतिक्षा खत्री चयन भएका छन ।  त्यस्तै सदस्यहरुमा भुपेन बानीयाँ, ममता बराईली, सारिका बोहोरा, दिपा बुढाथोकी, नकुल ढकाल, गंगा पुन, दिपक शर्मा ‘दिपु’ चयन भएका छन ।

अधिवेशनको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज समेत रहेका प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापाले पत्रकारिताले उद्घाटन गरे । 

अधिवेशनकाे अवसरमा प्रेस चाैतारीले म्याग्दीका पुराना पत्रकार घनश्याम खड्का र अमृत बास्कुनेलाइ ५ हजार ५ सय ५५ रूपैयाँ नगदसहित दाेसल्ला अाेढाइ सम्मान गरिएकाे िथयाे । 

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिव नवराज शर्मा, सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष देवेन्द्र केसी, उपाध्यक्ष बालकृष्ण सुवेदी, प्रेस चौतारीका केन्द्रीय सदस्य प्रकाश पौडेल, प्रेस चौतारी गण्डकी प्रदेश संयोजक सुष्मा पौडेल, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवाल, अनेरास्ववियुका केन्द्रीय स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश संयोजक प्रकाश पौडेल, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्री, प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले शुभकामना दिएका थिए ।