FLASH NEWS
  • Loading...

याेजना सम्झाैता गर्न घुम्ती शिविर

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७६ पटक पढिएको
याेजना सम्झाैता गर्न घुम्ती शिविर

नागरिकता, मातपाेत, अपाङ्गता प्रमाणा पत्र लगाएतका प्रशासनीक सेवा प्रदान गर्न मात्र घुम्ती शिविर गर्ने परम्परा रहेकाेमा दुर्गम धवलागिरी गाउँपालिकाले भने विभिन्न याेजनाका उपभाेक्तालाइ सजिलाेकालागी वडा मै पुगेर याेजना सम्झाैता गर्न अभ्यास थालेकाे छ । 

वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्दा झन्झट हट्नुका साथै उपभाेक्ताकाे समय र खर्चको बचत तथा पालिका प्रमुख, प्रशासकीय अधिकृत समेत नियामक शाखाका प्रमुखहरूले याेजनाकाे स्थलगत निरिक्षण पनि भएकाे हाे । शिविरबाट जनताका गुनासा सुन्न पनि सजिलाे भएकाे छ । 

गाउँपालिकाले पहिलाे चरणमा अपायक भुगाेलमा पर्ने वडा नं ५ मल्कवाङ र ६ मराङका उपभोक्ता समितिलाई लक्ष्य गरेर सोमबारदेखि मराङबेंसीमा घुम्ती शिविर सञ्चालन गरेको थियाे ।मराङ र मल्कवाङका बासिन्दालाई धवलागिरिको केन्द्र मुनामा पुग्न मालिकाको केन्द्र दरवाङ धारापानी ताकम हुँदै घुमाउरो यात्रा गर्नुपर्छ।

गाउँपालिका अध्यक्ष थमसरा पुनका अनुसार वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाइ पालिकामा जाने आउने समय बच्नुकासाथी व्ययभार घटेको र याेजनाकावारे स्थानीयकाे राय वुझ्न सजिलाे भएकाे छ । पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा पालिका कार्यालय भन्दा टाढा ताकममा भएकाेले वैंक खाता खाेल्न ताकम र सम्झाैता गर्न मुना पुग्नु पर्ने बाध्यता थियाे ।  

खाता संञ्चालन हुने प्रभु बैंकको शाखाका कर्मचारी समेत पालिका अध्यक्ष थमसरा पुन, प्रमुख प्रशासकीय अधिकृत गाेपाल शर्मा, लेखा अधिकृत कृष्ण खराल, इञ्जिनियर सोबिन जिसी, योजना शाखाका रमेश पौडेल, प्राविधिक जनक धानुक, दिपेन्द्र थापा, लेखा शाखाका कर्मचारी श्याखराज सुवेदीको टोली घुम्ती शिविर लिएर मराङ पुगेको थियाे । वडाका अध्यक्ष, सचिव र जनप्रतिनिधिले सहजीकरण तथा समन्वय गरेका छन्। 

शिविरबाट ५ नम्बर मल्कवाङका १० र ६ नम्बर वडा मराङका २० वटा याेजनाकाे सम्झाैता गरिएकाे थियाे । त्यसैगरी देस्राे चरणमा ७ ताकममा पनि त्यसरी नै याेजना सम्झाैता शिविर संञ्चालन हुने कार्यालयले जनाएकाे छ । चालु आवमा धवलागिरीमा १ सय २० वटा पूर्वाधारसम्बन्धी योजना रहेका छन ।