FLASH NEWS
  • Loading...

दरवाङ–ताकम सडक अनिश्चतकालसम्म बन्द

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७३ पटक पढिएको
दरवाङ–ताकम सडक अनिश्चतकालसम्म बन्द

मालिका गाउँपालिका मुकाम रहेको दरवाङबाट ताकमहुँदै धवलागिरीको मुना जोड्ने सडकको फेदी–धारापानी खण्डमा अनिश्चित समयसम्म यातायात संञ्चालनमा रोक लगाईको छ ।
फेदी–धारापानी खण्डमा पर्ने वादीकाको भीरमा सडक विस्तार गर्नुपर्ने भएकोले यातायात संञ्चालनमा रोक लगाईएको मंगलवार धवलागिरी गाउँपालिकाले सूचना प्रकाशित गरी जनाएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद ढकालले जारी गरेको विज्ञप्तीमा ताकम, मुना क्षेत्रमा संञ्चालन हुने यातायातका साधनले दरवाङबाट म्याग्दीखोलाको दायाँ किनाराहुँदै भारवाङ–बगरबाट ताकम उक्लन बैकल्पिक मार्ग सुझाईएको छ ।
बेनी–दरवाङ्ग–जलजला–रुकुम जोड्न निर्माणाधिन सडकको दरवाङ्ग–मुना खण्डको वादीकाको भीरमा पूर्वाधार कार्यालय मार्फत उकालो र घुम्ती सडकमा ग्रेड मिलाउने, मोड तथा साँघुरो सडक विस्तार गर्ने र रिटेनिङवाल लगाउने समेतका काम गर्न थालिएको छ ।