FLASH NEWS
  • Loading...

रघुगंगाको ११ औँ गाउँसभा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५२ पटक पढिएको
रघुगंगाको ११ औँ गाउँसभा

शुक्रवार सम्पन्न गाउँपालिकाको ११ औ गाउँसभाले संस्था दर्ता विधेयक–२०७८ पारित गरेको छ ।

सभाले संस्था दर्ता सम्बन्धी बिधेयक पारित भएपछि गाउँपालिकामा संस्था दर्ता, नबिकरण सम्बन्धी काम गर्न कानुनी बाटो खुलेको छ । सभाले पालिकाको बिनियोजन गर्न बाँकी बजेट बाँडफाड समेत गरेको छ ।

पालिकाको नगद मौज्दातबाट विभिन्न २९ योजनाका लागि रु १ करोड ६२ लाख ४१ हजार २०५ बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । 

सभामा लेखा समितिका संयोजक रिम कटुवालद्धारा प्रस्तुत बेरुजु फस्यौट सम्बन्धी प्रस्ताब बमोजिम रु ४५ लाख बराबरको बेरुजु नियमित गर्ने निर्णय समेत भएको छ ।