- Loading...
म्याग्दीका किसाेरकिसाेरीलाइ पुस ९-१४ सम्म काेराेना विरूद्धकाे खाेप लगाइने
- पुनहिल डट कम
- ३ साल अघि
- ४३१ पटक पढिएको

म्याग्दीका सवै १२ देखि १७ वर्ष उमेर समूहका किसाेर-किसाेरीलाई पुस ९-१४ गतेसम्म नजिककाे विद्यालय वा खाेप केन्द्रमा कोभिडविरुद्धको खोप मोडर्ना लगाउने अभियान सुरु हुँदैछ ।
स्वास्थ्य कार्यालयका अनुसार धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकामा पुस ९-१४ गते र रघुगंगा र अन्नपुर्ण गाउँपालिकामा पुस ११-१४ गतेसम्म कोभिडविरुद्धको खोप मोडर्ना लगाउने अभियान चल्ने छ । यसरी पुसमा पहिलो डोज लगाएका बालबालिकालाई दोस्रो डोज भने २ माघ देखि १२ माघसम्म चल्नेछ ।
खोप लगाएका बालबालिकालाई सामान्य किसिमका प्रभावहरू देखिन सक्ने सङ्क्रामक रोग विज्ञहरू बताउँछन्। खोप लगाएका बालबालिकामा खोप लगाएको ठाउँमा दुख्ने, फोका जस्तो देखिने, ज्वरो आउनेजस्ता सामान्य समस्या देखिन सक्छन ।
“तर यी सामान्य समस्या हो। आत्तिनु पर्दैन। प्रयोग गरिएको फाइजर र प्रयोगको तयारी भएको मोडेर्ना खोप लगाएपछि गम्भीर प्रभावहरू देखिएका छैनन्,” स्वास्थय प्रमुख एकनारायण लम्सालले भने।
१२ देखि १७ वर्ष उमेर समूहका बालबालिका विद्यालय जाने भएकाले भिडभाडमा मिसिन्छन्। भिडमा रहनेहरूले खोप लगाउनु नै सुरक्षित रहने विकल्प भएको मानिएकाे छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
