FLASH NEWS
  • Loading...

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा लेख हमाल

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०१ पटक पढिएको
नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा लेख हमाल

नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा लेख बहादुर हमाल निर्बाचित हुनुभएको छ ।

अाइतवार सम्पन्न १३ औँ जिल्ला अधिवेशनबाट हमाल समेत पदाधिकारी र सदस्य सर्वसम्मत निर्वाचित भएका हुन ।

नवनिर्बाचित कार्य समितिको उपाध्यक्षमा रमेश सिं ठकुरी, महिला उपाध्यक्षमा बिरमाया बिश्वकर्मा, सचिवमा भिम बहादर घर्ति, कोषाध्यक्षमा मन प्रसाद रोका, सहसचिवमा कुसुम पुर्जा र सह कोषाध्यक्षमा गौसरा घर्ति मगर निर्वाचित भएका छन । 

त्यसैगरी समितिकाे सदस्यहरूमा खुल्ला तर्फ बेनी नगरपालिकाबाट टेक प्रसाद सुवेदी, मंगला गाउँपालिकाबाट कृष्ण प्रसाद सापकोटा, मालिकाबाट करण कँडेल, धौलागिरीबाट हरिहर पौडेल, रघुगंगाबाट गणेश प्रसाद सुवेदी, र अन्नपूर्णबाट किसन बहादुर पुन र महिलातर्फ बाल कुमारी खत्री र सुनिता बरुवाल गिरी र समावेशी तर्फ निलम पूर्जा र सुन बहादुर बिक चयन हुनुभएको निर्वाचन समितीका संयाेजक जंग गर्वुजाले बताए ।