FLASH NEWS
  • Loading...

बेनी खानेपानी उपभोक्ता संस्थाको एक कराेड २२ लाखबढी ऋण

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८० पटक पढिएको
बेनी खानेपानी उपभोक्ता संस्थाको एक कराेड २२ लाखबढी ऋण

बेनी खानेपानी तथा सरसफाइ उपभाेक्ता संस्थाकाे नगर िवकास काेषसँग एक कराेड २२ लाख १८ हजार ९ सय ३० रूपैयाँ ऋण रहेकाे देखिएकाे छ । 

‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल नारासहित बेनी खानेपानी उपभोक्ता संस्था म्याग्दीको बुधबार सदरमुकाम बेनीमा २२औं वार्षिक साधारणसभामा काेषाध्यक्ष टंक हमालले प्रस्तुत गरेकाे अार्थिक प्रतिवेदनमा ऋण उल्लेख गरिएकाे छ । संस्थाले गत अावमा १५ लाख ८२ हजार ५ सय ७४ रूपैयाँ साँवा र ७ लाख २८ हजार ६ सय २७ रूपैयाँ ब्याज तिरेकाे थियाे ।

साधारणसभाले सचिव राजेन्द्रकुमार श्रेष्ठले प्रगति र कोषाध्यक्ष टंकबहादुर हमालकाे आर्थिक प्रतिवेदन अनुमाेदन गरेकाे छ। साेही अवधिमा संस्थाले एक करोड ७४ लाख ६८ हजार एकसय चार रुपैयाँ आम्दानी र ८८ लाख ६९ हजार चारसय ८२ रुपैयाँ प्रशासनिक खर्च भई ८५ लाख ९८ हजार छ सय २२ रुपैयाँ सञ्चित भएको संस्थाले जनाएको छ ।