FLASH NEWS
  • Loading...

फोनीज म्याग्दी अध्यक्षमा राम्जाली

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४३ पटक पढिएको
फोनीज म्याग्दी अध्यक्षमा राम्जाली

नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज ) म्याग्दीको अध्यक्षमा साधन राम्जाली सर्वसम्मत भएका छन् । 

शनिवार बेनीमा सम्पन्न अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा दलप्रसाद तिलिजा, सचिवमा समिर रोका, कोषाध्यक्षमा धनिलाल गर्वुजा र सह–सचिवमा मनु थापा निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा दिपा बुढाथोकी, लिलकुमारी पुर्जा, थबहादुर पुन र सुर्दशनकुमार श्रेष्ठ चयन भएका छन् । अधिवेशनबाट प्रदेश प्रतिनिधिमा सुरेन गुरुङ र केन्द्रिय प्रतिनिधिमा हिरामोती जुग्जाली चयन भएका छन् ।

अधिवेशनकाे शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख दलबहादुर थापा मगरले एक कार्यक्रम विच उद्घाटन गरेका थिए ।