FLASH NEWS
  • Loading...

प्रशासकीय अधिकृतमाथी आक्रमण

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८४ पटक पढिएको
प्रशासकीय अधिकृतमाथी आक्रमण

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीमाथी मोविल आक्रमण भएकाे छ ।

नेत्रविक्रम चन्द्र समुहले मागेको चन्दा नदिएको आरोपमा अाफुमाथी आक्रमण भएकाे सुवेदीले बताएका छन । आईतवार मध्यान्न करिव १२ बजे केही जनप्रतिनिधी र सेवाग्राही सहित कार्यकक्षमा रहेका प्रशासकीय अधिकृत सुवेदीमाथी ५ जनाको संख्यामा गएका चन्द समुहका कार्यकर्ताले हातमा रहेकाे प्लास्टिकको झोलाबाट गाडीमा प्रयोग भएको मोविल छ्यापेका थिए । परैबाट फालेको मोवाईल सुवेदीको शरिरमा पर्नुको साथै टुवुल, भित्ता र भुईभरी छरिएको थियो ।
‘केही जनप्रतिनिधी, सेवाग्राहीसँग कामको विषयमा छलफल चल्दै थियो, एक्कासी आएर ‘तेरीमा दलाल’ भन्दै एक जनाले प्लास्टिकबाट केही झिकेर फाल्यो, मैले कोल्टे परें र आँखामा पर्नेबाट जोगियो’ प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘प्रतिवन्धीत समयदेखी नै पटक–पटक मलाई चन्दा मागेका थिए । मैले संस्थागत तोकिएको रकम दिन सक्दिन, ब्यक्तिगत रुपमा धेरथोर दिन्छु भनेको थिए । र चन्दा माग भै आएको विषय जानकारी नगरकार्यपालिकाको वैठममा राखेको पनि थिए । ’ प्रमुख सुवेदीले थपे, ‘मैले कुनै पदको दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको थिएन । न सेवाग्राहीलाई कुनै दुख दिएको थिए । तत्कालिन प्रतिवन्धीत अवस्था देखी नै बारम्बार चन्दा माग भएकोले मलाई आक्रमण हुन सक्ने भन्ने लागेको थियो । आक्रमणले मलाई र राष्ट्र सेवक कर्मचारीको मनोवल कमजोर बनाउन सक्दैन ।’
मोविल छ्यापेर भाग्ने क्रममा मुगुको खत्याड गाउँपालिका, ४ घर र नाम विजय विक बनाउने एक जनालाई सेवाग्राही, जनप्रतिनीधि र कर्मचारीले ढोकामा समात्न भ्याएका थिए । प्रहरीले नियन्त्रणमा लिएका विकले बोकेको झोलाबाट २ लाख ५३ हजार चन्दा संकलन गरिएको ‘युवा संगठन नेपाल, केन्द्रीय समिति’ लेखेको ‘विशेष सहयोग रसिद’को एक ठेली, मोवाई सेट, लेडिज घडी र राष्ट्रघाती एमसिसि सम्झौता खारेज गरौं लेखिएको पर्चा बरामद भएको जनाएको छ ।
‘विप्लव समुह आवद्ध युवा संगठनको सहयोग रसिद र पर्चासहित एक जना नियन्त्रणमा लिएका छौं । थप अनुसन्धानपछि थप विवरण भन्न सकिन्छ’ जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले भने, ‘सवै कार्यालय र धेरै हाई प्रोफाईलसँग तोकिएर चन्दा माग्ने गरेको सुनिएको छ । तर कसैले पनि हामीलाई जानकारी गराउँदैन ।’