FLASH NEWS
  • Loading...

प्रहरी दिवस र यसको सार्थकता

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११३ पटक पढिएको
प्रहरी दिवस र यसको सार्थकता

६६ औं प्रहरी दिवस म्याग्दीमा पनि मनाइएकाे छ । प्रहरी संगठनको स्थापना विसं २०१२ साल असोज ३१ गते भएता पनि यस वर्षको प्रहरी दिवस असोज २० गते परेको छ। प्रहरी ऐनमा तत्कालीन राजा महेन्द्रबाट लालमोहर लागेको दिनलाई प्रहरीले आफ्नो संस्थाको जन्मदिन मानेको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रहरी दिवसकाे उपलक्ष्यमा बुधवार भूतपूर्व ज्येष्ठ प्रहरी, उत्कृष्ट प्रहरी कर्मचारी र सहयोगदातालाई सम्मान सहित विजया दशर्मी, दीपावली,छट पर्वको पावन अवसरमा शुभकामना आदान–प्रदान गरेर मनाइएको हो ।

साे अवसरमा प्रमुख अतिथी संविधान सभा सदस्य तथा माअाेवादी केन्द्रका नेता गाेविन्द पाैडेलले ०६० चैत ७ गते माअाेवादीले अात्रमणगरी मारिएका प्रहरीकाे स्मृतिमा स्थापित प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेर गरेका थिए । साे अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले दिवा भाेजकाे अायाेजना समेत गरेकाे िथयाे ।

 

प्रहरीले आफ्नो स्थापना दिवस मनाउने प्रचलन धेरैपछि अर्थात् तत्कालीन प्रहरी महानिरीक्षक मोतिलाल बोहराको पालामा २०५२ सालदेखि सुरु गरेको हो।