FLASH NEWS
  • Loading...

जेष्ठ नागरिक दिवसमा स्वास्थ्य परिक्षण शिबिर

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४९ पटक पढिएको
जेष्ठ नागरिक दिवसमा स्वास्थ्य परिक्षण शिबिर

३१ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस २०७८ को अबसरमा बेनीमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।

शुक्रबार दिवसको अबसरमा श्री कृष्णगण्डकी जेष्ठ नागरिक सेवा केन्द्र बेनीको आयोजनामा करिव डेढ सय जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

शिबिरको बेनी नगरपालिकाका उप प्रमुख सञ्जु बरुवालले उद्घाटन गरिन ।   शिबिरमा बेनी अस्पतालका हेल्थ असिस्टेन्ट भुमिकला रोकाले जेष्ठ नागरिकहरुको ब्लड प्रेसर, अक्सिजन लेबल लगाएतको जाँच गरि स्वास्थ्य मरामर्श दिएकी थिइन ।

त्यस्तै नेत्र ज्योति संघ म्याग्दीका प्रमुख दिनेश बानीयाँले जेष्ठ नागरिकहरुको आँखाको परिक्षण गरे । परिक्षणका क्रममा आँखा सम्बन्धी समस्या देखिएकालाई आँखा अस्पतालमा थप उपचारका लागि बोलाइएको बानीयाँले बताए ।