FLASH NEWS
  • Loading...

अाज काँग्रेसको पालिका अधिवेशन, म्याग्दीमा खम्वीर–रेशम समुह वीच प्रतिस्पर्धा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४९ पटक पढिएको
अाज काँग्रेसको पालिका अधिवेशन, म्याग्दीमा खम्वीर–रेशम समुह वीच प्रतिस्पर्धा

नेपाली काँग्रेसकाे अाज देशभर पालिका स्तरिय अधिवेशन हुँदै छ ।

म्याग्दीमा पनि ६ वटै नगर/गाउँपालिकामा एकसाथ अधिवेशन हुँदैछ । म्याग्दीमा देउवा समुहका सभापति खम्वीर गवुर्जा र रामचन्द्र पाैडेल समुहका पूर्व सभापति रेशम बानियाँकाे समुह विच कडा प्रतिस्पर्धा देखिएकाे छ ।

म्याग्दी काग्रेसकाे बेनी नगरपालिकामा खम्वीर खेमाबाट रवि कार्की र बानियाँ खेमाबाट विक्रम बाेगटीकाे समुहले प्यानल बनाइ उम्मेदवारी घाेषणाा गरेका छन । त्यसैगरी अन्नपूर्ण गाउँपालिकामा गापा अध्यक्ष डमबहादुर पुन र ६ नम्बर वडाध्यक्ष कृष्ण बरूवाल विच प्रतिस्पर्धा छ । खम्वीर समुहका डमबहादुर पुनले कम्जाेर राजनैतिक धरातल भएका राजेश तिलिजालाइ अगाडी सारेका छन । रेशम बानियाँका विश्वास पात्र रहेका वडाध्यक्ष कृण बरूवालले अाफै गापा सभापतिमा उम्मेदवारी घाेषणा गरेका छन । 

रघुगंगा गाउँपालिकामा पनि गापा अध्यक्ष भवबहादुर भण्डारी र ६ नम्बर पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जा विच प्रतिस्पर्धा देखिएकाे छ । शेरपुञ्जा खम्वीर समुहबाट र भण्डारी रेशम समुहबाट प्रतिस्पर्धामा उत्रेका हुन । खम्विरकाे गापामा भवबहादुर बलियाे उम्मेदवार मानिएकाे छ । 

त्यस्तै मगंगला गापामा बानियाँ खेमाबाट बाबियाचाैरका नरसिंह केसी, मालिकामा खिम पुन र धवलागिरिमा प्रेम पुनलाई सर्वसम्मत सभापति बनाउने भनिएपनि खम्वीर समुहले पनि उम्मेदवारी खाेजीमा देखिएकाे छ । त्यस्तै, मालिका गापामा खम्विर समुहका खिम पुन र धवलागिरीमा बानियाँका प्रेम पुन उम्मेदवारीकाे विकल्प खाेजिदै गरेकाे देखिएकाे छ ।

बेनीनगरपालिका, रघुगंगा र अन्नपूर्ण गापा काँग्रेसका बढी क्रियाशिल सदस्य भएका क्षेत्र भएकाे र जिल्ला अधिवेशनमा त्यस क्षेत्रबाट बढी प्रतिनिधी अाउने भएकाेले बढी चासाे राखिएकाे छ ।