FLASH NEWS
  • Loading...

उत्पीडित जातिय मुक्ति समाजको मालिका अध्यक्षमा जंग बहादुर श्रीपाली

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७६ पटक पढिएको
उत्पीडित जातिय मुक्ति समाजको मालिका अध्यक्षमा जंग बहादुर श्रीपाली

नेपाल उत्पीडित जातिय मुक्ति समाजको मालिका गाउँपालिकामा पालिका स्तरीय भेलाले जंग बहादुर श्रीपालीको अध्यक्षतामा ३५ सदस्यीय पालिका कमिटि गठन गरेको छ ।

कमिटिको उपाध्यक्षमा चित्र बहादुर बिश्वकर्मा, सचिवमा तम बहादुर सुनार र कोषाध्यक्षमा प्रतिक्षा बिश्वकर्मा चयन हुनुभएको छ । सदस्यहरुमा दुर्गलाल बिक, किस्मत बिक, याम बिक, रण बहादुर किसान, भुपेन्द्र नेपाली, छक प्रसाद सुनार, धन बहादुर बोहोरा लगाएत रहनु भएको जिल्ला सम्मेलन आयोजक कमिटिका सदस्य कुमार किसानले रहेका छन । 

भेलालाई एमाले गण्डकी प्रदेश कमिटि सदस्य एवं संबिधान सभा सदस्य नवराज शर्मा, जातिय मुक्ति समाजका केन्द्रिय सदस्य एवं एमाले गण्डकी प्रदेश सदस्इय पुस्कर बिक, एमाले मालिका गाउँपालिका अध्यक्ष बेग प्रसाद गबुर्जा, जातिय मुक्ति समाजका मालिका गाउँपालिका इन्चार्ज सोम बहादुर बिक, मालिका गाउँकार्यपालिका सदस्य गौमति चपाई र जिल्ला संयोजक खरमाया बिटालु समेतले मन्तब्य राखे ।