FLASH NEWS
  • Loading...

धौलागिरीमा भूपु सैनिक तथा प्रहरी संगठनको भेला सम्पन्न

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८३ पटक पढिएको
धौलागिरीमा भूपु सैनिक तथा प्रहरी संगठनको भेला सम्पन्न

नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूपु सैनिक तथा प्रहरी संगठनको धौलागिरी गाउँपालिका स्तरीय भेलाले  रेशम पुनको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका स्तरीय कमिटि गठन गरेको छ ।
कमिटिको उपाध्यक्षमा राम बहादुर जुग्जाली , सचिवमा महेश छन्त्याल, कोषाध्यक्षमा जीत बहादुर भण्डारी, सहसचिवमा टेक बहादुर केसी चयन हुनु भएको छ । त्यसैगरि सदस्यहरुमा ओम बहादुर भण्डारी, गंगा बहादुर पुन, काले पुन, भक्त बहादुर जुग्जाली, बिष्णु कुमार भण्डारी र कर्ण बहादुर थापा रहेका छन ।

क्या. दिपक जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ,अखिल नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष एवं  धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल र सुबेदार अर्जुन केसीले मन्तब्य राखेका थिए ।