FLASH NEWS
  • Loading...

धवलागिरी १८ बर्षमाथीका सवैलाई कोरोना विरुद्ध खोप लगाउने म्याग्दीको पहिलो गाउँपालिका

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०२ पटक पढिएको
धवलागिरी १८ बर्षमाथीका सवैलाई कोरोना विरुद्ध खोप लगाउने म्याग्दीको पहिलो गाउँपालिका

दुर्गम धवलागिरी गाउँपालिकाका सवै १८ बर्ष माथीका नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने म्याग्दीको पहिलो गाउँपालिका भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार धवालागिरी गापाका १८ वर्ष माथीका ६ हजार ५ सय ४६ जनालाई कोरोना विरुद्धको खोप लगाईएको हो । खोप पाएका मध्य ४ हजार ६ सय ६ जनाले जोन्सन एण्ड जोन्सन, १ हजार २७ जनाले भेरोशिल्ड र ९ सय १३ जनालाई कोभिशिल्ड खोपको पूर्ण डोज खोप लगाईएको हो ।
‘कोरोना संक्रमित भए एक महिना नपुगेका वा काम विशेषले गाउँपालिका बाहिर भै खोप पाउन छुटेका एकाध बाहेक धवलागिरी गापामा १८ बर्षमाथीका सवैले कोरोना विरुद्धको खोप पाएका छन’ स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले भने, ‘आवश्यक खोपहरु जिल्लामा संञ्चित छ । कुनै कारणले खोप लगाउन छुटेका भए कोरोना विरुद्धको खोप लगाउने अवसर नछुटाउनुस ।’