FLASH NEWS
  • Loading...

बेगखोलामा फड्के पनि नहुँदा खाेला तर्न ज्यानकाे जाेखिम

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९० पटक पढिएको
बेगखोलामा फड्के पनि नहुँदा खाेला तर्न ज्यानकाे जाेखिम

बेनी–जोमसोम सडक खण्डको बेगखोलामा मोटरेवल/झोलुङ्े पुल समेत नहुँदा यात्रुले भेलमा हेलिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन ।
म्याग्दीको उत्तरी भेगको अन्नपूर्ण गाउँपालिका, रघुगंगा गापा, १ बान्दुक, तिप्ल्याङ र मुस्ताङ्ग जिल्ला जोड्ने मुख्य बाटोमा पर्ने खहरेमा सामान्य फड्के पनि नहुँदा पोकापन्तुरामाथी बच्चा बोकेका गृहणीहरु, बालबालिकाहरु, बृद्धबृद्धा तथा शारिरिक अपाङ्ग पैदल यात्रुलाई सास्ती भएको छ । गत भदौ १९ गते एक जना पैदल यात्रुलाई बेगखोला तर्नेक्रममा बगाउँदा वेपत्ता पनि भए । त्यति मात्र होईन वारी बेगखोलाबाट पारी तिप्ल्याङ्को स्कुल दैनिक जानु पर्ने बालबालिकालाई उस्तै कष्ट र जोखिम भएको छ ।
‘कोरोनाले गर्दा सडकमा धेरै गाडी गुड्दैनन । आफ्नो गाडी नभएका हामी पैदल हिंड्नु पऱ्यो । हिंड्ने काम परिरहन्छ । बेगखोला तर्न खुट्टाको चप्पल घाँटीमा झण्ड्यो । पानीले भिज्ने भएकोले पेटीकोट पनि माथी फर्काएर खोलामा पस्नु पर्छ । एकातिर लाज अर्को तिर खोलाको जोखिम’ रघुगंगा गापा, १ तिप्ल्याङकी रीमा पुनले भनिन, ‘लाज नभएको सरकारले यत्रो मुल बाटोमा एउटा फड्के पनि हाल्न सक्दैनन, आफ्नै भुंडी भर्न ठिक्क छ । नेता पनि लाजै नभएका भए ।’
मनसुन कमजोर भै घाम लाग्न थालेपछि सडकको हिलो ओभाउन थालेसँगै बेनी–जोमसोम सडकमा मोटरराईकल, स्कुटर र साना सवारी साधन चल्न थालेका छन । तर रघुगंगा गाउँपालिका, १ स्थित बेगखोला तर्ने क्रममा सयौं मोटरसाईकल र टेक्सीले वलजफ्ती खोला तर्न खोज्दा पल्टदा साईलेन्सरमा पानी पसि इन्जिन नै विग्रने गरेका छन ।
टाढाबाट आएको यात्रु बेगखोला पुगेपछि यात्रा त्यागेर फर्कनु भन्दा जर्वजस्ती भेलमा सवारी साधन खोलामा हाल्दा सन्तुलन कायमम गर्न नसकी खोलामा पल्टन्छन ।
‘बेगखोलाको भेलमा ज्यानको बाजी लगाएर हेलिनु पर्ने वा घाम लागेको वेला संयोगले आउने ठूला गाडीको पछाडी झुण्डिएर तर्नु पर्ने हाम्रो अनिवार्य नियती हो’ अन्नपूर्ण गाउँपालिका, घारका खड्ग गिरीले भने, ‘कहिले काहीं खोला तार्ने डोजर वा ठूला गाडी भएन भने गन्तब्य यात्रा त्यागेर फर्कनु पर्छ ।’
गिरीले थपे, ‘गण्डकी प्रदेशको लाईफ लाईन, राष्टी्रय गौरवको अन्र्तदेशिय बेनी–जोमसोम–कोरोला सडकमा ५ बर्षदेखी यात्रुले एउटा खोला तर्ने फड्के पनि नपाउनु नियती, दुर्भाग्य मात्र होईन बेईजती बढी हो ।’
सदरमुकाम बेनीदेखी ११ किमी उत्तर बेनी–जोमसोम सडक अन्र्तगत वेगखोलामा ०७३ भदौ १५ गते राती आएको बाढीले ११ वटा घरसमेत बेलिब्रिज र सँगै रहेको झोलुङ्गे पुल बगाएर कालीगण्डकीमा मिसाएको थियो ।
बाढीले बगाएको मोटरेवल तथा झोलुङ्गे पुल ५ बर्षसम्म पनि निर्माण नहुँदा बर्खायाममा यात्रुले बेगखोलाको भेलमा ज्यानको जोखिम मोलेर वारपार गर्नु पर्ने बाध्यता भएको हो ।
असार–असोज ४ महिना ठुला मालबाहक गाडीले पानी नपरेको वेला खोलामा जर्वजस्त हालेर खोला तर्छन । पैदल यात्रु र मोटरसाईकल समेत वाहक भने ट्याक्टरमा चढेर यात्रा गर्ने गरो छन । त्यो पनि पानी नपरेको बेला पानी परे खोलामा बहाव बढ्दा ठूला गाडी पनी तर्न नसकने हुन्छ ।
‘बेगखोलामा अस्थाई साँघु राख्ने श्रोत नै भएन । ठाउँपनि उपयुक्त छैन । यात्रुले साह्ै कष्ट पाएका छन । बेगखोलामा यो वर्षपनि यात्रुले सास्ती भोग्नुको विकल्प छैन’ जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले भने, ‘दिउँसो खोलाको पानी फिँजारेर गाडी तार्ने, यात्रु तार्ने र फसेका गाडीको उद्धार गराउन बेनी–जोमसोम सडक निर्माणमा संलग्न डोजर गुहार्ने गरेका छौं ।’

बेगखोलामा पुल ‘डिजाईन एण्ड विल्ड’ मोडेलमा निर्माण हुने
कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाले ५ बर्षसम्म बेगखोलामा पुलको डिजाईन गर्न नसकेपछि सडक विभाग पुल महाशाखाले हस्तक्षेप गरी ठेकदार आफैले डिजाईन गरी पुल निर्माण गर्ने गरी ‘डिजाईन एण्ड विल्ड’ मोडेलमा पुल बनाउन विक्वीइ (द्यष्पयष्) हिमालयन जेभिलाई भ्याट सहित ८ करोड ५० लाखबढीमा ठेक्का दिएको छ ।
सडक विभाग मातहतकै कालीगण्डकी करिडोर र पुल महाशाखा विच पुल कस्ले निर्माण गर्ने भन्ने हानथापले पनि बेगखोला पुल निर्माण अलमलमा परेको हो ।
‘हामीले ३३ महिना भित्र पुलको डिजाईन र निर्माण गर्ने गरी ठेक्का लिएका छौं । तीन महिना वित्यो, माटोको परिक्षणपछि एनलाईसिस भैरहेको छ । मनसुन कमजोर भएकोले अव काममा फर्कन्छौं’ कन्ट्याक्टर विक्वीइ (द्यष्पयष्) हिमालयन जेभिका प्रमुख आत्मराम सापकोटाले भने, ‘कालीगण्डकी र ठाडो गेग्रान ल्याउने खहरे खोलाको दोभान रहेकोले लोकेसन क्रिटिकल छ ।’
कन्ट्याक्टर सापकोटाका अनुसार पुल महाशाखा मातहतको ३ नम्बर सेक्टर पाल्पाले सुपरभाईजर हुनेगरी पुलको ठेक्का लगाईएको हो । सडक विभाग पुुल महाशाखा पाल्पा सेक्टरले कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना अन्र्तगतका बेखोला बाहेक तिप्ल्याङ–महभीर र पोखरे–तोपानी जोड्ने कालीगण्डकी नदीमाथी पनि पुल निर्माण गरिरहेको छ । बेगलोखामा निर्माण हुने पुल ७० मिटर लामो हुने छ । पुलदेखी दायाँ–बायाँ २–२ सय मिटर लिङ्क सडक हुने छ ।
‘वल्लो–पल्लो र विचगरी तीन वटा पिलर रहनेगरी पुलको डिजाईन गरिरहेका छौं । तीन वटा पिलर कसरी राख्ने भन्ने समस्या हो । किनभने माथीबाट आउने खहरेको बाढी र कालीगण्डकीको बहावको तालमेल नमिले डुवानको जोखिम बढ्छ ।’ कन्ट्याक्टर सापकोटाले बताए ।
त्यसैविच गण्डकी प्रदेश सरकारले वेगखोलामा झोलुङ्गे पुल बनाउन ५० लाख बजेट विनियोजन गरेको भएपनि डिपिआर बनाउने कन्सल्टेन्टले समयमा काम नगर्दा यो वर्ष झोपु निर्माण हुन नसकेको जिल्ला समन्वय समितिले जनाएको छ ।