FLASH NEWS
  • Loading...

राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीको अध्यक्षमा पुन: थापा

  • पुनहिल डट कम
  • २ साल अघि
  • ६९ पटक पढिएको
राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीको अध्यक्षमा पुन: थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति म्याग्दीको सातौं अधिवेशनबाट पुनः विरबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन ।

बुधवार बेनीमा सम्पन्न अधिवेशनले पुन: विरबहादुर थापाको अध्यक्षतामा गठित २५ सदस्यीय नयाँ कार्यसमितिको सदस्यमा भीमप्रसाद गौचन, जगतप्रसाद गौचन, जगतनारायण गौचन, एकेन्द्रबहादुर रावल, रामबहादुर शाही, विश्वकुमार मल्ल, सन्जु बरुवाल, अनु पुन, चन्द्रबहादुर कुँवर, डम्बरबहादुर सुवेदी, भीमबहादुर केसी, हरिबहादुर शाक्य, चन्द्रबहादुर शेरचन, हिक्मत शेरचन, नरबहादुर शाही, तोपबहादुर केसी, टेकबहादुर कार्की, खिमबहादुर शाही (अर्जुन), जगत पुन, हिरा विक, लिलसरा बुढामगर, फुलकुमारी कार्की (भण्डारी), योगेन्द्रमान शेरचन र जिविन्द्र छन्त्याल (जीवन) रहेका छन् ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यहरु जगतप्रसाद गौचन, एकेन्द्रबहादुर रावल, रामबहादुर शाही, प्रदेश कार्यसमिति क्षेत्रीय अध्यक्ष विनोद भट्टचन, जिल्ला नेता तथा बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल र विश्व मल्लले मन्तव्य राखेका थिए ।