FLASH NEWS
  • Loading...

सेताे पुतलीकाे झुस आँखामा पर्दा म्याग्दीका एक समेत गण्डकीमा चार जनाले दृष्टी गुमाए

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९३ पटक पढिएको
सेताे पुतलीकाे झुस आँखामा पर्दा म्याग्दीका एक समेत गण्डकीमा चार जनाले दृष्टी गुमाए

साँझको समयमा शरीरमा सेतो धर्को भएको पुतली तपाईंको वरिपरि देख्नु भएको छ भने सजग रहनुस् है ! किनभने यसले गर्दा तपाईंको आँखाको ज्योति सदाका लागि गुम्न सक्छ, त्यो पनि ४८ घन्टाभित्रै ।

साँझको समयमा उज्यालो वस्तु वरिपरि भुम्मिने उक्त पुतलीका कारण लाग्ने उक्त रोग एक महिना नबित्दै ३० जनामा देखिएको शापु बाट म्याग्दी, बेनीका १८ वर्षीय युवक समेत गण्डकीका ४ जनाले पूर्ण रूपमा अाँखाकाे ज्याेति गुमाएकाे हिमालयन आँखा अस्पताल पोखराले जनाएको छ ।
प्रत्येक २/२ वर्षमा देखापर्ने शापु (सिजनल हाइपरएक्युट पनुभिआइटिस) आतंक फेरि देखिएको छ । सेतो पुतलीको रौं (झुस) आँखामा परे आँखामा पीप जम्ने र सुकाउने हुनाले ज्योति पनि गुम्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।  

विशेषगरी मनसुन अन्तिमबाट देखापर्ने यो पुतलीको शरीरमा कालो धर्सो हुन्छ । शरीरभरि बाक्लो रौं (झुस) भएको उक्त सेतो पुतलीको झुस आँखामा परे आँखा नै सुकाइदिने हिमालयन आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा.इल्या श्रेष्ठको बताउँछिन् ।

२०३२ सालमा पहिलो पटक पोखरा क्षेत्रमै देखा परेको शापुले बालबालिकालाई बढी प्रभावित पारेको छ । सेतो पुतलीको असर सबैभन्दा बढी जोखिममा बालबालिका छन् । उनीहरु आफूमा भएको समस्या पनि बताउन सक्दैनन् । 

म्याग्दि मा सेतो पुतलि को प्रकोप बढ्दो

म्याग्दीमा पनि सेताे पुतलीकाे प्रकाेप बढ्न थालेकाे छ । बेनी स्थित नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँका अनुसार केन्द्रमा उपचार गर्न अाएका मध्य ४ जनालाइ हिमालयन आँखा अस्पताल पोखरा रिफर गिरएकाे छ । थप दुइ जनाकाे बेनीमै फ्लाेअप उपचार भैरहेकाे छ ।

सेताे पुतलीकाे संक्रमीत भै अाँखा उपचार केन्द्र म्याग्दी अाएका सवै संक्रमितका अाँखाकाे नानीमा पुतलीकाे धेरै झुस गाडिएका थिए । 

‘म्याग्दीमा पनि सेताे पुतलीकाे प्रकाेप बढ्रदाे छ । सेतो पुतलि को झुस आँखा मा परेमा आँखा रातो हुने,दुख्ने र आँखा बन्द हुने समस्या देखा पर्ने र यस्ता लक्षण देखिएमा तुरुन्तै आँखा जचाउनु पर्छ’ बानियाँले भने, ‘सवै सचेत हुन अावश्यक छ । पुतली नछुने र पुतली अाए, वत्ती निभाउनु पर्छ ।’