FLASH NEWS
  • Loading...

बेगखोलाले बगाउँदा वेपत्ता

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९३ पटक पढिएको
बेगखोलाले बगाउँदा वेपत्ता

बेगखाेला तर्दै यात्रुकाे फाइल फाेटाे 

रघुगंगा गाउँपालिका, १ स्थित बेगखोला तर्ने क्रममा नामथर र वतन नखुलेका अन्दाजी ५० बर्षिय पुरुषलाई बगाउँदा वेपत्ता छन ।
अन्नपूर्ण गापातिरबाट सदरमुकाम बेनी जाने क्रममा आईतवार मध्यान १२.१५ बजे खोलाले बगाईं कालीगण्डकी नदीमा मिसाएपछि वेपत्ता बनाएको प्रहरीले जनाएको छ । वेपत्ताको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
०७३ भदौ १६ गते राती परेको भारी वर्षापछि बेगखोलामा आएको बाढीले बेनी–जोमसोम सडकको वेगखोला वस्तीका ११ घर बगाउनुकोसाथै झोलुङ्गे पुल, मोटरेवल बेलीव्रिज बगाएको थियो । ०७३ साल यता बेगखोलामा झोलुङ्गे र मोटरपुल नहुँदा वर्खायाममा पैदलयात्रु जोखिम मोलेर भेलमा हेलिने वा डोजर खोजेर तर्ने गर्छन ।