FLASH NEWS
  • Loading...

बेनी नगरपालिकाद्धारा कर्मचारीको समायोजनका लागि विद्येयक पारित

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६५ पटक पढिएको
बेनी नगरपालिकाद्धारा कर्मचारीको समायोजनका लागि विद्येयक पारित

बेनी नगरपालिकाकाे मंगलवार सम्पन्न विशेष नगर सभाले स्थानीय सेवाका कर्मचारीको तह बृद्धी गरी समायोजन र माथिल्लाे याेग्यता नपुगेका स्थानीय कर्मचारीकाे ग्रेड बृद्धि गर्न विद्येयक पारित गरेको छ ।

बिशेष नगरसभाले स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ सर्वसम्मत रुपमा पारित गरेको हो ।

स्थानीय निकाय सेवामा प्रवेश गरि हालसम्म स्थायी रुपमा कार्यरत कर्मचारीहरुको समायोजन नभएको र २०७४ सालदेखि विज्ञापन र बढुवा नहुँदा कर्मचारीको बृत्ति विकास अबरुद्ध भएको तथा नगरपालिकाले कर्मचारी समायोजन ऐन २०७५ को दफा ६ को उपदफा ४ समेतलाई आधार मानेर विद्येयक ल्याएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए ।

विद्येयक पारित भएसंगै स्थानीय सेवामा कार्यरत रहेका साविकका नगर सेवा र अन्य स्थानीय निकायबाट सरुवा भएर नगरपालिकामा पदस्थापन भएका कर्मचारीहरुको तह तथा ग्रेड बृद्धि हुने भएको छ । विद्येयक बमोजिम, सहायकस्तर चौथोको सहायकस्तर पाँचौमा, सहायकस्तर पाँचौको अधिकृतस्तर छैटौँ र अधिकृतस्तर छैठौँको अधिकृतस्तर सातौँमा तह बढुवा सहितको समायोजन हुनेछ ।

त्यसैगरि कम्तीमा ५ बर्ष स्थायी रुपमा कार्यरत र न्यूनतम शैक्षिक योग्यता नपुगेका स्थानीय सेवाका कर्मचारीहरुको हकमा सहायकस्तर चौथो र सहायकस्तर पाचौँको तह बढुवा नहुने र दुई/दुई ग्रेड थप हुने प्रवन्ध गरिएको छ ।