FLASH NEWS
  • Loading...

माधव समुहमा खुलेका सचिव सुवेदी र थापा एमालेमै रहने

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९८ पटक पढिएको
माधव समुहमा खुलेका सचिव सुवेदी र थापा एमालेमै रहने

एमालेकाे  नेतृत्वसंग असन्तुष्ट भै   माधव नेपाल समुहमा खुलेका जिल्ला सचिव  बालकृष्ण सुवेदी र सचिवालय सदस्य राजकुमार थापा पार्टी विभाजनमा असहमित राख्दै एमालेमै रहने भएका छन ।

नेकपा एमाले म्याग्दीका पार्टी सचिव सुबेदी र सचिवालय सदस्य राजकुमार थापाले मंगलबार पार्टि कार्यालय हाँडेभिरमा आयोजित नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको बैठकमा सहभागी भएर आफुहरु एमालेमा नै रहेको बताएका हुन । त्यसैगरी अाेली-नेपाल समुह अलग अलग भएपछि असन्तुष्टी जनाउँदै लामाे समयदेखी जिल्ला कमिटी वैठकमा सहभागी नभएका श्याम राना पनि मंगलवारदेखी बैठकमा सहभागी भएकाे एमाले सदस्य सुरत केसीले जानकारी दिए ।

अध्यक्ष केपी ओली र बरिष्ठ नेता नेपाल बिचको अन्तरबिरोधको समयमा जिल्लामा नेपाल पक्षको नेतृत्व लिएका सुबेदी र थापाद्धयले  एमालेबाट बिभाजन स्वीकार गनर् नसकिने भन्दै एमाले पार्टीमै रहेर खराब प्रवृति बिरुद्ध अन्तरसंघर्ष गर्ने बताएका छन ।