FLASH NEWS
  • Loading...

मध्यराती कालीपुलमा खस्यो पहिरो, तीन जना घाइते, जनजीवन त्रस्त

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२४ पटक पढिएको
मध्यराती कालीपुलमा खस्यो पहिरो, तीन जना घाइते, जनजीवन त्रस्त

बेनी नगरपालिका, ८ कालीपुलमा मध्यराती २.१५ बजे पहिरो खस्दा तीन जना घाईते भएका छन । घाईतेको बेनी अस्पतालमा उपचार भैरहेको छ । घाईते मध्य एक सन्तु पुन बेनी अस्पतालकै कर्मचारी हुन । दूई जना होटलमा पाहुना वसेका थिए । उनीहरुको नाम खुलेको छैन ।


पर्वतको जलजला गाउँपालिका, ४ मल्लाजको भीर भत्केर कालीगण्डकी नदीमा खस्दा नदीको पानीको छाल माथी वस्तीमा पसेको हो । पानीको कालीपुलको पुरानो बजारका कम्तीमा ६ घरमा क्षति पुऱ्याएको छ । स–साना पहिरो झर्न रोकिएको छैन ।


‘राती दुई बजेपछि एक्कासी ढ्याङ्ग आवाजसँगै पानीको हावासहितको पानीको छाल घरमाथी पऱ्यो । मेरा घरमा पाहुना बसेका दुई महिला र एक डेरागरी वस्ने महिला घर भत्केर च्यापिएको अवस्थामा उद्दार गऱ्यौ’ कालीपुलकी मनिता गौचनले भनिन, ‘बाबा, म र दाई भाग्यौं । मेरा भाईहरु साथीको वर्थ डे पार्टीमा गएकाले बाँचे । उनीहरु सुत्ने कोठाहरु पुरै भत्केको छ ।’


कालीगण्डकी नदीको वारी किनारामा अवस्थित कालीपुल बजारमा मध्यराती पहिरो झरेपछि कालीपुलवासी वसपार्क क्षेत्रको माथिल्लो क्षेत्रमा आएर बसेका छन । पानी पर्न रोकिएको छैन । वालबालिका च्यापेका महिलाहरु सुरक्षित स्थानका घरको पेटीमा आश्रय लिएर बसेका छन । वयस्कहरु घरको महत्वपूर्ण सामाग्री झिक्दै सुरक्षित स्थल तर्फ जाँदैछन ।