FLASH NEWS
  • Loading...

बेनी–दरवाङ र बेनी–बाग्लुङ सडकमा यातायात अवरुद्ध

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७६ पटक पढिएको
बेनी–दरवाङ र बेनी–बाग्लुङ सडकमा यातायात अवरुद्ध

अविरल वर्षापछि आएको पहिरोले सदरमुकाम बेनी जोड्ने बेनी–दरवाङ र बेनी–बाग्लुङ सडकमा यातायात अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार बेनी नगरपालिका, ४ फापरखेतको घुमाउने पहिरो र मालिका गापा, ६ वाङ्गे पहिरोमा लेदो खसी आईतवार विहान करिव १० बजेदेखी नै यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ ।

त्यसैगरी बेनी–बाग्लुङ सडकको बेनी नगरपालिका, २ भसभसेमा माथीबाट पहिरो खसी सडकमा अवरोध भएकोले यातायात अवरुद्ध भएको छ ।