FLASH NEWS
  • Loading...

झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८४ पटक पढिएको
झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

भारतको राजधानी नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उनकाे मिर्गौला प्रत्यारोपण गरिएको हाे ।

नेता खनालको आज सर्जन डा. सन्दीप गुलरिया नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको उनको निजी सचिवालयले जनाएको छ ।

दुवै मिर्गौला फेल भएर गम्भीर स्वास्थ्य समस्या देखिएपछि खनाल केही समययता भारतमा उपचाररत थिए ।

सचिवालयका अनुसार केही समय अस्पतालमा रही स्वास्थ्य अवस्था सामान्य भएपछि नेपाल फर्कने छन् ।