FLASH NEWS
  • Loading...

शरीरलाई फिट राख्न मर्निङ वाक

  • पुनहिल डट कम
  • २ साल अघि
  • २५० पटक पढिएको
शरीरलाई फिट राख्न मर्निङ वाक

बिहान सबेरै हिँड्दा हुने फाइदाहरूको बारेमा धेरैले सुनेको हुनुपर्छ । तर, के तपाईले मर्निङ वाकका अन्य फाइदाका बारेमा सुन्नुभएको छ ? प्राय जसो युवाहरू बिहान र साँझ आफ्नो फिटनेस कायम राख्न दौडने गर्छन् । सामान्यतया विश्वास गरिन्छ कि जगिंगले शरीरलाई फिट राख्न सघाउ पुर्याउँछ । यसका अलवा मर्निङ वाकले शरीरलाई के कस्तो फाइदा पुर्याउँछ भन्ने बारे यहाँ चर्चा गरिएको छ ।

– जगिङ गर्दा छिटोछिटो सास फेर्छौं जस्ले गर्दा पुरा शरीरमा फ्रेश अक्सिजन पुग्छ । त्यसैले डिप्रेसन र तनाव पनि कम भएर जान्छ ।

– नियमित बिहान हिँड्दा स्वास्थ्यलाई सुधार गर्दछ । त्यसको साथै व्यक्तित्व सुधार्ने पनि काम गर्दछ । दैनिक बिहान डौडनाले शरीरमा अक्सिजन स्तर ठीक हुन्छ । जसले गर्दा शारीरिक तवरले फिट राख्न सहयोग गर्छ । साथै, आत्मविश्वास पनि बढाउँछ ।

– दैनिक मर्निङ वाक गर्दा डायबिटीजमा पनि धेरै लाभदायक हुन्छ । सामान्यतया, डाक्टरहरूका अनुसार मधुमेह रोगीहरूले सामान्य व्यक्ति भन्दा बढी शारीरिक काम गर्नु पर्छ । यस्तो अवस्थामा, यदि तपाईं दैनिक हिडडुल गर्नुहुन्छ भने मधुमेहबाट हुने क्षति सजिलै कम गर्न सकिन्छ ।

– बिहान वा साँझ कुनै नियमित समयमा १५ देखि ३० मिनेट हिँडडुल गर्दा हाम्रो शरीरको धमनीहरूमा रक्त संचार राम्ररी हुन्छ । जसकारण हृदयघातको जोखिम कम हुन्छ ।

– सामान्यतया युवाहरूले तौल घटाउन र आकर्षक शरीर प्राप्त गर्न दौडने गर्दछन् । दौडिँदा शरीरमा छिटो पसिना आउँछ । जसको कारणले फ्याटलाई छिटो कम गर्न मद्दत गर्दछ र पेटको मांसपेशीहरू कडा हुन्छन् ।