FLASH NEWS
  • Loading...

फेरि ब्युँतियो संसद, सर्वोच्चले गर्यो संसद विघटन बदर

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५४ पटक पढिएको
फेरि ब्युँतियो संसद, सर्वोच्चले गर्यो संसद विघटन बदर

प्रतिनिधिसभा दोस्रोपटक पुनः ब्यँतिएको छ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो।

आजको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको छ। राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्।