FLASH NEWS
  • Loading...

सोमबारसम्म पानी पर्ने : लगातारको वर्षाले बाढी, पहिरो र कटानको जोखिम

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३० पटक पढिएको
सोमबारसम्म पानी पर्ने : लगातारको वर्षाले बाढी, पहिरो र कटानको जोखिम

लगातार पानी परिरहेकाले बाढी, पहिरो र जमिन कटानको जोखिम बढेको छ । बिहीबारदेखि लगातार पानी परिरहेकाले बाढी, पहिरो र जमिन कटानको जोखिम बढेको हो ।

बंगालको खाडीमा बनेको चक्रवात यास पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भएर बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै केही दिन पानी पर्ने देखिएको मौसमविद्ले बताएका छन् ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातकै प्रभावले अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँ र अन्य प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी परिरहेको छ ।

शनिबार दिउँसो प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना छ । अरु ठाउँमा पनि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्नेछ ।

यस्तै शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुँदा लुम्बिनी प्रदेशका १/२ ठाउँमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २, बागमती र लुम्बिनी प्रदेशका १/२ ठाउँमा भने भारी वर्षाको सम्भावना छ ।

आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, बागमती प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र प्रदेश २ का १/२ ठाउँमा भने भारी वर्षाको सम्भावना छ ।

त्यस्तै सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती र प्रदेशका १ का १/२ ठाउँमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।