FLASH NEWS
  • Loading...

‘हाई क्लाउडी’ बदलीले वर्षा न्यून

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • १४५ पटक पढिएको
‘हाई क्लाउडी’ बदलीले वर्षा न्यून

प्रि-मनसुनी वायु सक्रिय भए पनि ‘हाई क्लाउडी’को अवस्था हुँदा वर्षा हुन नसकेकाे माैषमविद्हरूले बताएका  छन । ‘हाई क्लाउडी’ भन्नाले सामान्य अवस्थामा भन्दा बादल माथि हुनु हो । यस्तो अवस्थामा बदली भए पनि वर्षाको सम्भावना भने न्यून हुने माैषमविद्हरूकाे भनाइ छ।

माैषम तथा जलवायु विभागकी माैषमविद प्रतिभा मानन्धरका अनुसार हाई क्लाउडी भएकाले बदली भए पनि वर्षाको सम्भावना भने न्यून हुन्छ । वर्षा भए पनि हल्का मात्रै हुन्छ । ठूलो वर्षा हुँदैन । हाई क्लाउडीमा अपराह्नपछि मात्रै मेघगर्जन र वर्षाको सम्भावना हुन्छ । मेघगर्जन भए पनि वर्षा नहुने सम्भावना पनि ‘हाई क्लाउडी’मा उच्च हुने उनको भनाइ छ ।

यद्यपि, मनसुन गतिविधि आजबाट थप सक्रिय भएकाले वर्षाको सम्भावना बढेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहको प्रणालीमा वायु थप सक्रिय हुँदा आजबाट केही दिन बदली बढ्ने र वर्षाको पनि सम्भावना रहेको मौसमविद् मानन्धरको भनाइ छ ।

मौसमविद् मानन्धरका अनुसार आजबाट गण्डकीदेखि सुदूरपश्चिम प्रदेशसम्म पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।  “तर ठूलो वर्षा हुने होइन । सामान्य वर्षा हुने हो । कतिपय ठाउँमा छिटपुट वर्षा मात्र हुनेछ ।”