FLASH NEWS
  • Loading...

चीनले दिने १० लाख खोपमध्ये दुई लाख तिब्बत र आठ लाख बेइजिङले प्रदान गर्ने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७१ पटक पढिएको
चीनले दिने १० लाख खोपमध्ये दुई लाख तिब्बत र आठ लाख बेइजिङले प्रदान गर्ने

चीनले नेपाललाई अनुदानस्वरूप उपलब्ध गराउने थप १० लाख कोरोना खोपमध्ये दुई लाख तिब्बत सरकारमार्फत् दिने भएको छ। बाँकी आठ लाख भने बेइजिङबाट सीधै जहाजमा काठमाडौं पठाइनेछ। परराष्ट्र मन्त्रालयका अनुसार चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले यातायातको प्रबन्धसहित नेपाललाई खोप उपलब्ध गराउने जनाएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसँग कुराकानीमा १० लाख खोप दिने बताएका थिए।