- Loading...
लमजुङ भूकम्प : घर भत्किए, केही स्थानीय घाइते
- पुनहिल डट कम
- ३ साल अघि
- १४८ पटक पढिएको

बुधबार बिहान गएको भूकम्पले मर्स्याङ्दी-३ खुदी तरापुस्थित घरमा पुर्याएको क्षति । तस्बिर : नवीन कुइँकेलको फेसबुकबाट
लमजुङमा बुधबार बिहान गएको भूकम्पमा केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिकाको भुलभुले क्षेत्रलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु मर्स्याङ्दी गाउँपालिकाका घरहरूमा बढीजसो क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भूकम्पपछि मानिसहरूबीच भागाभाग भएको बताए । उनका अनुसार केही घरमा क्षति भएको र केही स्थानीय घाइते भएको जानकारीमा आएको छ । ‘तर यकिन विवरण आउन अझै बाँकी छ,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएको जानकारी दिए । दुवै जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको उनले बताए ।
स्थानीयका अनुसार मर्स्याङ्दी गाउँपालिका–६ ठूलीबेंसीमा २२ वर्षीय गोविन्द अधिकारी घाइते भएका छन् । डीएसपी गंगाबहादुर थापाले केही घर भत्किएको र केही घाइते भएको जानकारी आए पनि सबै विवरण आइनसकेको बताए । ‘भागाभाग मच्चिँदा केही सामान्य घाइते भएका छन्,’ उनले भने, ‘केहीका गोठ, धन्सार तथा कुखुराका खोरहरू भत्किएका छन् ।’
बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले भूकम्पमा घर क्षति भएका केही स्थानीय र घाइतेहरूलाई आफूले भेटेको बताए । केही घरमा क्षति पुगेको र केही घाइते भएको जानकारी रहे पनि सबै विवरण आइनसकेको उनको भनाइ छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
