FLASH NEWS
  • Loading...

कब्जियतको समस्या छ ? खाँदै नखानुहोस् यी खानेकुरा

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८४ पटक पढिएको
कब्जियतको समस्या छ ? खाँदै नखानुहोस् यी खानेकुरा

कब्जियत एउटा यस्तो जटिल स्वास्थ्य समस्या हो, जसका कारण व्यक्ति अन्य रोगबाट समेत पीडित हुने गर्छ । एकपटक कब्जियतको समस्या शुरू भयो भने यो सजिले निको पनि हुँदैन ।

कब्जियतको समस्याबाट हैरान भएकाहरु औषधिको सहारा लिने गर्छन् । तर, कब्जियतको समस्यामा औषधिको सेवन गर्नु राम्रो मानिँदैन ।

औषधिको सेवनले कब्जियतको समस्यामा झनै जटिलता ल्याउँछ । सही खानपान र व्यायाम जस्ता बानीले यसको समस्या पनि कम हुन्छ ।

तर, कब्जियतको समस्या भएकाहरुले केही यस्ता खानेकुरा खानुहुँदैन, जसले कब्जियतको समस्या झनै बढाउँछ ।

काँचो केरा

कब्जियतको समस्या हुनेहरुले काँचो केराको सेवन गर्नुहुँदैन । काँचो केराले झनै कब्जियत बढाउँछ । भने, पाकेको केराले कब्जियत कम गराउँछ ।

दूधका परिकार

यदि हरेक दिन  दूधबाट बनेका परिकार खाने गरिन्छ भने यस्ता परिकारबाट पनि कब्जियतको समस्या आउँछ ।

तारेको, भुटेको खानेकुरा

तेलमा तारेको वा भुटेको खानेकुरा खाँदा कब्जियतको समस्या धेरै हुन्छ । यस्ता खानेकुरामा फाइबरको मात्रा कम हुने भएकाले कब्जियत झन् बढ्छ । चिप्स, कुकिज, चकलेट र आइसक्रिम जस्ता खानेकुराको कारण कब्जियत झन् बढ्छ ।

रातो मासु

रातो मासुको सेवनले पनि कब्जियत बढाउँछ । यसमा फाइबरको मात्रा कम हुन्छ ।