- Loading...
म्याग्दीमा विहिवार कोरोनाबाट २ को मृत्यु, २६ जना संक्रमित थपिए
- पुनहिल डट कम
- ३ साल अघि
- १६३ पटक पढिएको

म्याग्दीमा कोरोना संक्रमणबाट विहिवार दुई जनाको मृत्यु र २६ जना थपिएका छन ।
बेनी नगरपालिका, १ घर भै सदरमुकाम बेनीको कालीपुल स्थित एक होटलमा कार्यरत २२ बर्षिय युवाको विहिवार विहान २ बजे उपचारक्रममा धौलागिरी अञ्चल अस्पताल बाग्लुङ्गमा र धवलागिरी गाउँपालिका, ७ ताकमकी एक महलिाको पोखरामा उपचारक्रममा मृत्यु भएको हो ।
पछिल्लो दुई हप्तामा जिल्लामा कोरोना भै बाग्लुङ र पोखरामा उपचार गराउन पुगेका ४ जना संक्रमितको मृत्यु भएको छ ।
त्यसैगरी विहिवारै म्याग्दीमा २६ जना कोरोना संक्रमित थपिएका छन । १९ जना आज कोरोना मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हाल १ सय १० जना सक्रिय सक्रमित छन ।
विहिवार बेनी नगरपालिकाका १९ जना, रघुगंगाका ३ जना, मंगला र अन्नपूर्णका एक–एक जना र पारीवनी (जलजला)का २ जना छन । उनीहरुको वैशाख २० गते बेनी अस्पतालमा स्वाव संकलन गरिएको हो ।
छुट्टै म्याग्दी घर भै हाल पोखराको विभिन्न अस्पतालमा उपचार गराईरहेका थप ८ जनामा पनि कोरोना पुष्टी भएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
