- Loading...
कोरोनाको दाेस्रो लहर : न कन्ट्याक्ट ट्रेसिङ, न समुदायमा परीक्षण
- पुनहिल डट कम
- ४ साल अघि
- ११६ पटक पढिएको

कोरोना संक्रमणको सेकेन्ड वेभ अर्थात् दोस्रो लहर तिव्र रुपमा फैलिइरहेको छ। संक्रमितकाे संख्या बढ्दै गएसँगै दिनप्रतिदिन अस्पताल भर्ना हुने र मृत्युदर पनि उकालो लाग्दै गइरहेको छ।
लक्षण भएका संक्रमित अस्पताल भर्ना हुने र सामान्य अवस्था रहे घरमै आइसोलेसनमा बसी उपचार गरिरहेका छन्। संक्रमितको सम्पर्कमा आएका सबै उच्च जोखिममा रहन्छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा केही दिन यता परीक्षणको दायरा बढ्दा संक्रमितको संख्या पनि बढ्दै गएको हो। तर, परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्या बढ्दा कन्ट्याक्ट ट्रेसिङ हुन छोडेको छ। एक वर्षअघि कसैलाई संक्रमण पुष्टि भएमा उसको सम्पर्कमा आएका सबैलाई कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण गर्ने गरिएको थियाे।
संक्रमण पुष्टि भइसकेपछि सरुवा रोग तथा इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले स्थानीय तहसँग समन्वय गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने गर्थ्यो। थप अरुमा संक्रमण नफैलियोस् भनेर परीक्षण गरी आइसोलेट गर्ने गरिन्थ्याे। अहिले स्थानीय तहले गर्ने कन्ट्याक्ट ट्रेसिङ र यसअघि बनाएका सबै क्वारेन्टाइन बन्द गरेका छन्। आवश्यक परेमा स्थानीय तहले पुनः क्वारेन्टाइन सञ्चालन गर्ने पनि बताएका छन्।
अहिले संक्रमितकाे प्रत्यक्ष सम्पर्कमा आएकाले आफैं परीक्षण गर्न जाने गरेका छन्। कन्ट्याक्ट ट्रेसिङ नहुँदा तिव्र रुपमा संक्रमण फैलिइरहेको छ। कन्ट्याक्ट ट्रेसिङमा द्रुत गतिमा परीक्षण गरी आइसोलेसनमा राख्नुपर्ने विज्ञहरूले बताउन थालेका छन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
